काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका किरण सिजनको उत्कृष्ट गोलकिपर बनेका हुन् । किरण आबद्द माजियाले यस सिजनको उपाधि जितेको थियो । माजियाले लगातार तेस्रो पटक उपाधि जितेको हो । माजियालाई उपाधि दिलाउन किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो । यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए। किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।
आज नेपाल बंगलादेशसँग महत्वपूर्ण खेल खेल्दै, यस्तो छ खेल सुरु हुने समय
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ । तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन ।
किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो । बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।
यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।