काठमाडौं ।
साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ। नेपालले गलादेशसँग खेल्ने सुरुवाती–११ घोषणा गरेको छ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।
नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ । तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।
बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो। बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।
यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपालको सुरुवाती–११