इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानमा क्रिकेट सिरिज खेल्ने, यस्तो छ खेल तालिका

Image

काठमाडौं ।

इंग्ल्यान्डले टी-२० विश्वकप २०२२ अघि सात खेलको टी-२० सिरिजका लागि पाकिस्तान भ्रमण गर्ने तयारी गरेको छ। इंग्ल्यान्डले १७ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो। पछिल्लो पटक इंग्ल्यान्डले सन् २००५ मा पाकिस्तानमा क्रिकेट खेलेको थियो।

इंग्ल्यान्डले सेप्टेम्बर-अक्टोबर २०२२ मा सात खेलको टी-२० सिरिज खेल्न पाकिस्तान भ्रमण गर्ने तयारी गरेको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबीले) ले जनाएको छ।

सिरिज २० सेप्टेम्बरमा कराँचीमा सुरु हुनेछ। जहाँ चार खेल खेल्नेछन्। अन्तिम तीन टी-२० लाहोरमा हुनेछन्। अक्टोबरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप अघि दुवै टिमलाई लागि यो सिरिज महत्त्वपूर्ण हुनेछ।

तालिका: सिरिजको पहिलो खेल २० सेप्टेम्बरमा कराँचीमा, दोस्रो दोस्रो म्याच २२ सेप्टेम्बरमा, तेस्रो खेल २३ सेप्टेम्बरमा चौथो म्याच २५ सेप्टेम्बरमा पाँचौं टी–२० खेल २८ सेप्टेम्बरमा लाहोरमा छैठौं म्याचमा ३० सेप्टेम्बरमा र सातौँ म्याच २ अक्टोबरमा हुनेछ ।

यो पनि : नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आयो सिरिज खेल्ने प्रस्ताव

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई सिरिज खेल्न प्रस्ताब राखेको छ । केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले अगष्टमा सिरिज खेल्ने प्रस्ताव गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उत्त खेल अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव राखेको छ ।

क्यानका जनरल म्यानेजर वृतान्त खनालले केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको बताए। केन्याले सिरिजका लागि प्रस्ताव गरेपनि नेपालमा म्याच हुने सम्भावना भने कमै देखिन्छ।

केन्याले प्रस्ताव गरेको समयमा नेपालमा वर्षा हुने भएकाले यहाँ क्रिकेट सिरिज हुँदैन। उनले भने ‘केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले हामीलाई सिरिजका लागि प्रस्ताव गरेको छ। त्यो समयमा नेपालमा क्रिकेट हुँदैन । किनभने त्यो समयमा नेपालमा वर्षा हुन्छ’। यो सिरिज केन्यामै हुने सम्भावना छ। साथै केन्याबाहेक अरु देशबाट सिरिज खेल्न प्रस्ताव नआएको जनरल म्यानेजर खनालले जानकारी दिए।

खनालका अनुसार नेपालले उक्त क्रिकेट सिरिज खेल्ने सम्भावना छ। ‘केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले हामीलाई सिरिजका लागि प्रस्ताका विषयमा बोर्ड पनि सकरात्मक नै रहेको छ,’ उनले भने, ‘सबै कुरा मिल्यो भने हामी केन्या जान्छौं होला। केन्याबाट अगष्ट चौथो साताको प्रस्ताव आएको छ। आर्थिक विषयमा छलफल गरेर सायद हामीले सिरिज खेल्छौं।’

केन्यासँगको सिरिज टी–२० र एकदिवसिय के हुने भन्नेबारेमा टुंगो लागिसकेको छैन। नेपालले आईससी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागिता जनाउँदै आइरहेको छ। केन्याले पनि क्रिकेट विश्वकप च्यालेन्ज लिग–‘बी’ खेलिरहेको छ। त्यसैले नेपाल केन्याबीच एकदिवसीय सिरिज हुने सम्भावना बढी छ। नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोटको प्रक्रिया खेलेका छन् ।