बंगलादेश र नेपालको खेलको बिचमा तनाव, यी दुई खेलाडीले पाए ‘रेडकार्ड’

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु भएको थियो ।

बंगलादेश र नेपालबीचको खेलमा केहि तनाव सिर्जना भएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपाल र बंगलादेश दुबै टोली १० खेलाडी समेटिएका छन् । खेलको ४७ औं मिनेटमा बंगलादेश खेलाडीले फउल गरेका थिए । अम्पायरले फउलको निर्णय सुनाएपछि उनी आक्रामक भएका थिए ।

त्यसपछि बेन्चमा रहेका खेलाडी पनि केहीबेर मैदान उत्रिए । तनावकै बीच हातपातको अवस्था पनि सिर्जना भयो । त्यसपछि रेफ्रीले बंगलादेश र नेपालका एक/एक खेलाडीलाई रेड कार्ड दिए ।  बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।  तनावका कारण खेली केहीबेर अवरुद्धसमेत भयो ।

खेलमा नेपालले सुरुदेखि नै बंगलादेशलाई दबाबमा राखेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपालले केही गोलको अवसर सिर्जना गरे पनि सफल भने हुन सकेन ।