काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले क्लबका फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलकै दौरान रंगशाला छाडेका असन्तुष्टि व्यक्त गरेका छन्।
गत आइतबार घरेलु मैदानमा म्यानचेस्टरले स्पेनिस क्लब रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेलेको थियो। १-१ गोलको बराबरीमा सकिएको सो खेलकै क्रममा रोनाल्डो रंगशाला छाडेर बाहिर निस्किएका थिए।
रोनाल्डोको यो व्यवहारलाई प्रशिक्षक टेन ह्यागले ‘अस्वीकार्य’ भएको बताएका छन्। रोनाल्डोले खेलको अन्तिम सीटी बजाउनुअघि रंगशालाबाहिर फोटो खिँचेका थिए। दोस्रो हाफमा उनको स्थानमा अमाद डियालो मैदान छिरेका थिए।
‘म पक्कै पनि यो राम्रो मान्दिन। यो अस्वीकार्य छ। हामी एक टोली हौं र अन्तिमसम्म रहनुपर्छ,’ प्रशिक्षकले भनेका छन्। रोनाल्डोले टेन ह्यामको प्रशिक्षणमा पहिलो खेल खेलेका थिए। त्यसअघि रोनाल्डोले अघिल्ला पाँच मैत्रीपूर्ण खेल गुमाएका थिए। गत साता मात्र उनी म्यानचेस्टरको प्रशिक्षण टिममा सहभागी भएका थिए।
३७ वर्षीया रोनाल्डोले यो सिजन युनाइटेड छाड्न चाहेका छन्। उनी च्याम्पियन्स लिग खेल्ने टिमको खोजीमा छन्। तर उनले राम्रो विकल्प भने फेला पारेका छैनन्। यद्यपी ट्रान्फर विन्डो सकिन करिब एक महिना बाँकी छ।
भोलि यू-२० टोली स्वदेश फर्कने
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।
नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।
नेपाल साफको फाइनलमा नपुगेपछि के भन्छन् सिनियर टोलीका प्रशिक्षक अल्मुताइरी?
नेपालले साप यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन नसकेपछि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ यू–२० खेलेको टोलीका खेलाडीसँग काम गर्न उत्साहा भएको बताए ।
‘साफ यू–२० को यात्रा सबै सकारात्मक र नकारात्मक विन्दुहरू समाप्त भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा हामीले हाम्रो फुटबल भविष्यको लागि उत्कृष्ट गर्न सक्ने महान युवा प्रतिभा खेलाडीहरूलाई जिताउनु हो । म तपाईंसँग छिट्टै काम गर्न निकै उत्साहित छु । केवल तपाईंले साफ यू–२० मा हारेको नराम्रो भावनाहरू बिर्सनु र गल्तीहरूबाट सिक्ने र सुधार गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
अल्मुताइरीले फेसबुकमा लेखेका छन्, ‘यदि हामीसँग अर्को महिना सिनियर टोलीका लागि मैत्रीपूर्ण खेलहरू छैनन् भने म एएफसी यू–२० कप क्वालिफायरमा लहरू हेर्न बहराइनमा तपाइँका खेलहरूमा भाग लिनेछु । मलाई गर्व छ तपाईहरु सबै नेपाल यू-२०, एउटा टोली | जय नेपाल,’ ।