राष्ट्रिय फुटबल टिमका लागि देशभरबाट छानिए ६० खेलाडी, यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटबाट ६० खेलाडी छानिएका हुन् ।

एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाइ नियुक्त गरिसकेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।