काठमाडौं ।
विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन । तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।
भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् । उनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए । उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।
किरण चेम्जोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।
किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने ।
त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् ।चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।