यी हुन् टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने खेलाडी

Image

काठमाडौं ।

दक्षिण अफ्रिकाका ओपनर रीजा हेन्ड्रिक्सले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमान बनाएका छन्। बुधबार पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै हेन्ड्रिक्स टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने छैठौं ब्याट्सम्यान बनेका छन्।

हेन्ड्रिक्सले बुधबार आयरल्यान्डविरुद्ध ५३ बलमा उत्कृष्ट ७४ रन बनाएका थिए। त्यसका लागि उनले १० चौका र १ छक्का प्रहार गरे। यो हेन्ड्रिक्सको लगातार चौथो अर्धशतक हो। जससँगै उनले वेस्ट इन्डिजका स्टार क्रिस गेल र न्यूजिल्याण्डका लिजेन्ड ब्रेन्डन म्याकुलम लगायतका खेलाडीको कीर्तिमान बराबरी गर्न सफल भए।

हेन्ड्रिक्सले यसअघि दक्षिण इंग्ल्याण्डविरुद्धको तीन खेलको शृङ्खलामा ५७, ५३ र ७० रन बनाएका थिए। उनको अर्धशतकसँगै दक्षिण अफ्रिकाले पहिलो टी-२० मा २११ रन जोड्यो। २१२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ९ विकेटको क्षतिमा १९० जोड्न सक्दा खेल दक्षिण अफ्रिकाले २१ रनले जित्यो।

टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने खेलाडी : ब्रेन्डन म्याकुलम न्यूजिल्याण्ड २००८ र २००९ मा लगातार चार अर्धशतक बनाए । यस्तै क्रिस गेलले वेस्ट इन्डिज २०१२मा अर्धशतक बनाए। क्रेग विलियम्सले नामिबिया २०२१ मा अर्धशतक बनाए । रायन खान पठानले क्यानाडा २०२१ मा अर्धशतक बनाए। गुस्ताभ म्याकनले फ्रान्स २०२२ मा अर्धशतक बनाए ।रीजा हेन्ड्रिक्सले दक्षिण अफ्रिका २०२२ मा अर्धशतक बनाए ।