Khabar Board

रोहितले बाँकी दुई म्याच खेल्नेबारे आयो यस्तो नयाँ अपडेट

काठमाडौं ।

भारतीय क्रिकेट टिमका प्तान रोहित शर्माको बारेमा एक ठूलो अपडेट आएको छ। रिपोर्टका अनुसार रोहित पूर्णतया स्वस्थ छन्। उनी वेस्ट इन्डिजसँगका बाँकी दुई खेलमा खेल्न उपलब्ध हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शर्मालाई मेडिकल टोलीको निगरानीमा राखिएको थियो। सेन्ट किट्समा वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० आई खेलमा रोहित ११ रनको स्कोरमा ‘रिटायर्ड हर्ट’ भएर पेभिलियन फर्किएका थिए।

१६५ रनको लक्ष्य पछ्याउँदै अल्जारी जोसेफविरुद्ध बाउन्ड्री प्रहार गरेपछि दोस्रो ओभरमा रोहित पीडामा देखिएका थिए। फिजियो कमलेश जैनसँग फिल्डमा छलफल गरेपछि उनी ढाड समातेर मैदानबाट निस्किए।

रोहितले शनिबार फ्लोरिडामा हुने चौथो टी–२० खेलका लागि आफू तयार हुने आशा व्यक्त गरेका थिए। यससँगै रोहित पूर्ण रूपमा फिट रहेको र अन्तिम दुई खेल खेल्न सक्ने खबर पनि आएको छ। Crictracker मा प्रकाशित समाचार अनुसार भनिएको छ, ‘रोहित शर्मा शनिबार र आइतबार दुवै खेलका लागि उपलब्ध हुनेछन्।’

भारतले तेस्रो टी–२० खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ। पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले १९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

सूर्यकुमार यादव एकपटक फेरि ओपनिङमा आएर यसपटक उनले उत्कृष्ट पारी खेले। उनले ४४ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७६ रनको उत्कृष्ट पारी खेलेका थिए। उनी खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए। दुई टोलीबीचको चौथो र पाँचौं खेल अगस्ट ६ र ७ मा हुनेछ।

कप्तान रोहितलाई वेस्ट इन्डिज भ्रमणमा रहेको एकदिवसीय सिरिजबाट विश्राम दिइएको थियो। यसअघि उनी कोरोना संक्रमणका कारण जुलाईमा एजब्यास्टनमा खेलिएको सिरिजको पाँचौं टेस्ट खेलबाट बाहिरिएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.