आज भारत र बंगलादेश भिड्दै, नेपालको कीर्तिमान बराबर गर्ने ठूलो मौका

Image

काठमाडौं ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ।

साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ। पाहुना टोली बंगलादेश पहिलोपटक उपाधि उचाल्न लक्ष्यमा छ।

अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो। बंगलादेशले ४ खेल १० अंक जोडेको थियो। बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो। भारत ४ खेल ९ अंक जोडेर दोस्रो स्थान रहँदै फाइनल पुगेको हो। भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिन चाहन्छ।

नेपाल भने फाइनल पुग्न असफल भएको थियो। नेपाल तेस्रो स्थानमा रहेको थियो। नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो।

भारतलाई आज नेपालको कीर्तिमान बराबर गर्ने मौका छ। उमेर समूहको साफमा सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान नेपालको नाममा रहेको छ।

उमेर समूहमा नेपालले हालसम्म २ पटक साफ उपाधि जितेको छ। नेपालले २०१५ र २०१७ मा साफको उपाधि जितेको थियो। भारतले आज उपाधि जितेमा नेपालको कीर्तिमान बराबर गर्नेछ।