साप यू–२० च्याम्पियनसिप; भारतविरुद्ध बंगलादेशले फर्कायो गोल

Image

काठमाडौं ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार भइरहेको छ । भारत र बंगलादेशबीचको फाइनल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार ७ः४५ बजे देखि भइरहेको छ ।

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध बंगलादेशले गोल फर्काएको छ । बंगलादेशले खेलको ४५ औं मिनेटमा गोल फर्काउन सफल भएको हो । बंगलादेशलका लागि एमडी राजन हवाल्दारले उत्कृष्ट गोल गरे । यसअघि भारतले खेल सुरु भएको केही मिनेटमै १–० को अग्रता लियो ।

पेनाल्टीमा गुरर्कित सिंहले गोल गरेपछि भारतले अग्रता लिन सफल भएको हो । पेनाल्टी बक्समा बंगलादेशी गोलरक्षकले हिंमाशु जंङग्रालाई लडाएपछि भारतले पेनाल्टीको मौका पायो ।

साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ। पाहुना टोली बंगलादेश पहिलोपटक उपाधि उचाल्न लक्ष्यमा छ।

अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो। बंगलादेशले ४ खेल १० अंक जोडेको थियो। बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो। भारत ४ खेल ९ अंक जोडेर दोस्रो स्थान रहँदै फाइनल पुगेको हो। भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिन चाहन्छ।

नेपाल भने फाइनल पुग्न असफल भएको थियो। नेपाल तेस्रो स्थानमा रहेको थियो। नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो।

भारतलाई आज नेपालको कीर्तिमान बराबर गर्ने मौका छ। उमेर समूहको साफमा सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान नेपालको नाममा रहेको छ।

उमेर समूहमा नेपालले हालसम्म २ पटक साफ उपाधि जितेको छ। नेपालले २०१५ र २०१७ मा साफको उपाधि जितेको थियो। भारतले आज उपाधि जितेमा नेपालको कीर्तिमान बराबर गर्नेछ।