रोमाञ्चक हुँदै साफ फाइनल, बंगलादेशविरुद्ध भारतले फर्कायो गोल

Image

काठमाडौं।

साफ यू–२० साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश र भारत खेलिरहेका छन्। भारत र बंगलादेशबीचको फाइनल उडिसाको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको हो।

यस्तै बंगलादेशविरुद्ध भारतले दोस्रो गोल गरेको छ । भारतका लागि दोस्रो गोल गुरर्कित सिंहले गरे । उनले खेलको ६० औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । उनले दोस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए ।

बंगलादेशले दोस्रो गोल ४७ औं मिनेटमा गरेको हो । बंगलादेशका लागि दोस्रो गोल सहिम मियाले गरेका हुन् ।  ‍बंगलादेशले खेलको ४५ औं मिनेटमा गोल फर्काउन सफल भएको हो । बंगलादेशलका लागि एमडी राजन हवाल्दारले उत्कृष्ट गोल गरे ।

साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ। पाहुना टोली बंगलादेश पहिलोपटक उपाधि उचाल्न लक्ष्यमा छ। अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो। बंगलादेशले ४ खेल १० अंक जोडेको थियो।

बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो। भारत ४ खेल ९ अंक जोडेर दोस्रो स्थान रहँदै फाइनल पुगेको हो। भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिन चाहन्छ।

नेपाल भने फाइनल पुग्न असफल भएको थियो। नेपाल तेस्रो स्थानमा रहेको थियो। नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो।

भारतलाई आज नेपालको कीर्तिमान बराबर गर्ने मौका छ। उमेर समूहको साफमा सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान नेपालको नाममा रहेको छ। उमेर समूहमा नेपालले हालसम्म २ पटक साफ उपाधि जितेको छ। नेपालले २०१५ र २०१७ मा साफको उपाधि जितेको थियो। भारतले आज उपाधि जितेमा नेपालको कीर्तिमान बराबर गर्नेछ।