बंगलादेशमाथि जिम्बावेको फराकिलो जित, यी खेलाडी बने जितको ‘हिरो’

Image

काठमाडौं ।

घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ। हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई ५ विकेटले हराएको हो । यससँगै जिम्बावेले ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।

पाहुना टोली बंगलादेशले दिएको ३ सय ४ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ईनोसेन्ट काई र सिकन्दर राजाले शतकीय इनिङ खेले । काईले १ सय १० रन तथा राजाले अविजित रहदै १ सय ३५ रन बनाए ।

दुवैले १ सय ९२ रनको साझेदारी रह्यो । लुक जोन्ग्वेले २४ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानल, सरिफुल ईस्लाम,मोसाडिक होसेन र मेहिदी हसनले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा २ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो । उसका लागि तमिम ईकवाल, लिन्टन दास,अनामुल हक तथा मुस्फिकुर रहिमले अर्धशतकीय इनिङ खेले ।

कप्तान ईकवालले ६२,दासले ८१ , हकले ७३ र रहिमले अविजित ५२ रन बनाए । महमुदुल्लाहले अविजित २० रन बनाए । घरेलु टोलीका लागि भिक्टोर न्युउछी तथा सिकन्दर राजाले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल आईतबार हुनेछ ।