Khabar Board
Flash logo up side
flash header

नेपाली राष्ट्रिय महिला फुटबल टिमकि स्ट्राइकर सावित्रा भण्डारी भारत प्रस्थान

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकि स्ट्राइकर सावित्रा भण्डारी भारत प्रस्थान गरेकी छिन् । भारतको गोकुलम केरेला एफसीमा आबद्द भएकी सावित्रा शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सावित्रा गोकुलमबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न त्यसतर्फ गएकी हुन् । गोकुलमले यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्दैछ ।

उज्बेकिस्तानमा समूह चरणको खेल यहिँ अगस्ट २० देखि २६ सम्म हुनेछ । समूह चरणमा गोकुलमले उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसीसँग खेल्ने तालिका रहेको छ ।

Center article

गोकुलमले सावित्रालाई एक सिजनका लागि अनुबन्ध गरेको हो । सावित्राले यस अघि चौंथो संस्करणको महिला लिग गोकुलमबाट खेलेकी थिइन् ।

चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन् । उक्त सिजन गोकुलमले उपाधि जितेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.