काठमाडौं ।
भारतको चर्चित कबड्डी लिग प्रो-कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्। नवौं सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारू र लालमोहर यादवलाई बैंगलुरू बुल्सले टिममा आबद्ध गरेको हो।
दुवै जना १०-१० लाख भारूमा टिममा आबद्ध भएका हुन्। यसअघि लालमोहरले गत सिजनको लिगमा पनि बैंगलुरूबाटै लिग खेलेका थिए। बैंगलुरुमा गत सिजन नेपालका अर्का खेलाडी सञ्जय श्रेष्ठ पनि आबद्ध भएका थिए।
प्रो कबड्डी लिगमा बैंगलुरूसहित १२ टिम आबद्ध छन्। नवौं सिजन केही महिनापछि हुने तय छ। नवौं सिजनका लागि दुई दिन अक्सन गर्दै १२ टिमले खेलाडी भित्र्याएका छन्। जसमा अमिरहुसेन बास्तोमी सर्वाधिक रकममा आबद्ध भएका छन्। उनलाई हरियणाले ६५ लाख १० हजार भारूमा टिममा भित्र्याएको छ।
बन्द प्रशिक्षणका लागि छनोट भएका ४५ खेलाडी (नामावालीसहित)
यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार यू-१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई डाकिएको जनाएको छ ।
यस अघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो । यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन् ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
छनोट भएका खेलाडी : प्रारम्भिक टोलीः अभिषेक थोकर (रौतहट), अंकित गुरुङ (एन्फा एकेडेमी बुटवल), असिमजंग कार्की (एन्फा एकेडेमी धरान), विक्रम तामाङ (झापा), विनोद केसी (एन्फा एकेडेमी बुटवल), धनसिंह विक (सुर्खेत), धिरक विक (सुर्खेत) दीपक थापा मगर (एन्फा एकेडेमी धरान) ।
दोलक बहादुर थापा मगर (एन्फा एकेडेमी धरान), गौरव महर्जन (काठमाडौं), हरिश भट्ट (कैलाली), जनप्रकाश बम (कालिकोट), कृषल मोक्तान (एन्फा एकेडेमी धरान), कुशल देउवा (कञ्चनपुर), लच्छु थापा (तनहुँ), मदन पौडेल (ओखलढुंगा), मानव पोखरेल (मोरङ), मार्शल शाही (काठमाडौं), मिरक लिङ्देन (झापा), मुकेश घर्ती (सुर्खेत), निखेल सुनार (एन्फा एकेडेमी बुटवल), निरञ्जन (एन्फा एकेडेमी) धामी (कैलाली), निर्देश राई (पाँचथर), निरोज कार्की (झापा), निशान्त तामाङ (झापा), पाल्देन गुरुङ (झापा), प्रशान्त लक्ष्सम (झापा), अघिल्लो सुनुवार (एन्फा एकेडेमी, धरान) ।
प्रितम कार्की (एन्फा एकेडेमी बुटवल) ), राहुल बेलबासे (एन्फा एकेडेमी बुटवल), रितेश थापा मगर (एन्फा एकेडेमी धरान), रुबिन बोगटी (दोलखा), समिर चन्द (एन्फा एकेडेमी बी) उत्वल), समिर तामाङ (बारा), सरोज दर्लामी (एन्फा एकेडेमी बुटवल), सिजल राई (सुनसरी), सिमन्त थापा (एन्फा एकेडेमी धरान), सोहन स्याङ्ताङ (एन्फा एकेडेमी धरान), सुवास गुरुङ (स्याङ्जा), सुविन खड्का (एन्फा एकेडेमी) धरान), सुजात डंगोल (काठमाडौं), सुजात खड्का (एन्फा एकेडेमी धरान), सुशील तामाङ (धादिङ), उनिश बुढाथोकी (एन्फा एकेडेमी धरान), उनिश मगर (झापा)