Khabar Board

सन्दीपले खेल्ने एलपीएल डिसेम्बरमा हुने, यस्तो छ नयाँ मिति

काठमाडौं ।

श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) को नयाँ मिति तय भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो । अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म आयोजना हुनेछ ।

यस अघि जुलाई ३१ बाट अगस्ट २१ सम्म चल्ने तालिका रहेको थियो। यस सिजनको लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछाने डम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए। डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको थियो। प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ । अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।

नेपाली टिममा ३ खेलाडीले ‘कमब्याक’ गर्दा बाहिरिए यी २ स्टार खेलाडी

नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीयका लागि नेपालले टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

यस टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साहब आलम र विवेक यादवले पूनरागमन गरेका हुन्। यूएई सिरिजपछि नेपालको कुनैपनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन्।

विकेटकिपर विनोद भण्डारी र रेगुलर ओपनर कुशल भुर्तेल भने टोलीबाट बाहिरिएका छन्। नेपालका लागि यू–१९ का विकेटकिपर अर्जुन साउँद पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। उनी विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन्। अर्जुनले उमेर समूह अन्तर्गत यू–१९ एसिया कप खेलेका हुन्।

नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ। दुबै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ। सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ। क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिकासमेत सार्वजनिक गरेको छ। नेपालले सुरुआतमा टी–२० सिरिज खेल्नेछ।

पहिलो टी–२० अगस्ट २५ मा हुनेछ। यस्तै, २६, २७, २९ र ३० मा टी–२० हुनेछ। पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ। नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव। वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.