Khabar Board
Flash logo up side
flash header

पूर्वकप्तान पारस खड्का नयाँ प्रशिक्षक नियुक्तिबारे यस्तो भन्छन्

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिम नयाँ मुख्य प्रशिक्षक पाएको छ। पछिल्लो चार वर्षमा चौथो प्रशिक्षकका रूपमा नेपाली टिममा पूर्व भारतीय अलराउण्डर मनोज प्रभाकरको आगमन भएको छ। प्रशिक्षकको दौडमा यसअघि नसुनिएका प्रभाकरलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को सिफारिसमा नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको हो।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टोली हेरिसकेका छन्। यस्तै, रणजी ट्रफी विजेता टोली देल्ली, राजस्थान र युपी क्रिकेट संघको प्रशिक्षण सम्हालिसकेका छन्। प्रभाकरले क्यानसँग लामो सम्झौता गरेका छैनन्। हाललाई उनीसँगको सम्झौता एक वर्षको हुने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पुष्टि गरे। प्रभाकरले मासिक करिब १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउँछन्।

प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।

Center article

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।

यसैक्रममा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नयाँ प्रशिक्षक नियुक्तिबारे प्रतिक्रिया दिएका छन्। उनले लगातार प्रशिक्षक परिवर्तन भइरहनु क्रिकेटको संरचनात्मक विकासमै बाधक हुने भएकाले सम्झौता मै क्यान चनाखो हुनु राम्रो हुने बताएका छन्।

‘नेपालको क्रिकेट इतिहासमा जति पनि प्रशिक्षकले लामो अवधि जिम्मेवारी पाउनुभएको छ, त्यही समयमा टिमले ठूलो सफलता पाएको छ’ उनले भने, ‘प्रशिक्षक नियुक्ति सम्झौतालाई बलियो बनाउनुपर्छ। कुनै पनि प्रशिक्षकले विश्वसनीय व्यक्तिगत आधार नभई बीचैमा छाड्ने प्रवृत्ति रोकिनुपर्छ।’

नेपालले अगष्ट २५ देखि केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय र ३ एक दिवसीय खेल खेल्दैछ। लिग टुको शृंखलाअघि टिमको स्तर परीक्षण गर्न प्रभाकरका लागि यो शृंखला महत्वपूर्ण हुनेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.