Khabar Board
Flash logo up side
flash header

एसिया कप क्वालिफायर ओमानमा हुने, यी चार टिम भिड्ने

Nirbachan m

काठमाडौं ।

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।

छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कप अगस्ट २७ बाट यूएईमा सूरु हुदैछ । यहाँबाट छनोट हुने टोली समूह ‘ए’मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत सहित पाकिस्तान रहेका छन् । प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् ।

Center article

एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ । यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।

खेल तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.