यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जित्यो, गर्‍यो यी २ टिमको कीर्तिमान बराबर

Image

काठमाडौं ।

यूईएफए सुपर कपको उपाधि युरोपेली च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले जितेको छ। रियलले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले हराउँदै यस सिजनको यूईएफए सुपर कपको उपाधि हात पारेको ह।

रियल म्याड्रिडको जितमा डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे। खेलको ३७ औं मिनेटमा अलाबाको गोलमा रियलले सुरुआती अग्रता लिएको थियो।

पहिलो हाफसम्म १-० ले अगाडि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६५ औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे। योसँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ।

तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन्। लिभरपुलले ४ पटक उपाधि जितेको छ। इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डेनिस विंगर मिकेल डाम्सगार्डलाई अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लबले विंगर मिकेललाई इटालियन क्लब साम्पडोरियाबाट अनुबन्ध गरेको हो । मिकेललाई ब्रेन्टफोर्डले २० मिलियन युरोमा अनुबन्ध गरेको हो। २२ वर्षीय मिकेलले ब्रेन्टफोर्डसँग ५ वर्षको सम्झौता गरेका छन्।

मिकेलले इटालियन क्लबका लागि ४९ खेल खेलेका छन् । गत सिजन उनले ११ खेल खेलेका थिए । मिकेलले डेनमार्कका लागि १६ खेलमा ४ गोल गरेका छन् ।