विश्वकप लिग २ मा अमेरिकाको १२ औं जित, यस्तो बन्यो विश्वकप लिग–२ तालिका

Image

काठमाडौं ।

विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा भइरहेको सिरिजमा अमेरिकाले विजयी सुरूआत गरेको छ। स्कटल्याण्ड, युएई र अमेरिकाबीच भइरहेको सिरिजको दोस्रो खेलमा अमेरिकाले युएईमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सिरिजमा विजयी सुरूआत गरेको हो।

युएईले दिएको २५४ रनको लक्ष्य अमेरिकाले ५ बल बाँकी छँदै ९ विकेट गुमाएर पुरा गर्‍यो। अमेरिकालाई जिताउन कप्तान मोनाक पटेलले सर्वाधिक ८५ रनको योगदान दिए। यस्तै आरोन जोन्सले ५१ रन बनाउँदा होलान्डले ३०, स्टेभेन टेलरले २९ तथा गजान्द सिंहले २६ रन जोडे।

युएईका जुनाद सिद्धिकी र रोहन मुस्ताफाले समान २-२ विकेट लिए। जाहुर खान, अहमद राजा र बसिर अहमदले १-१ विकेट हात पारे पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनायो। उसका लागि डेब्यू खेलाडी आर्यन लाक्राले सर्वाधिक ८४ रन बनाए। यस्तै भ्रित्या अर्बिन्दले ५३ रन बनाउँदा चुन्दन गापोयील रिजवानले ३९ रन बनाए।

अमेरिकाका सौरभ नेत्रावलकरले सर्वाधिक ३ विकेट लिए।  योसँगै अमेरिकाले जारी लिगमा १२ औं जित निकालेको छ। २५ खेल खेलेको अमेरिकाले २५ अंक जोड्दै चौथो स्थानमा कायमै छ।

एक खेल कम खेलेको युएई २६ अंकसहित तेस्रो स्थानमा छ। २५ खेलमा १७ जित निकालेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा रहँदा आफ्ना सबै खेल सकाएको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ। लिग अन्तर्गत नेपालले २० खेल खेल्दा ८ जितसहित १७ अंक जोडेर छैठौं स्थानमा छ।

यस्तो बन्यो विश्वकप लिग–२ तालिका :