काठमाडौं ।
एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा हुँदैछन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानयो। छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ।
प्रतियोगितामा सिंगापुर, यूएई, हङकङ र कुवेत सहभागी हुनेछन्। सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। र, शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ। यद्यपि, नेपाल भने छनोट प्रतियोगिताबाट बाहिरिसकेको छ। थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा नेपालले सहभागिता जनायो। त्यसमा नेपालको प्रदर्शन खराब रह्यो। र, एसिया कप छनोटबाट बाहिरियो। ५ टोली रहेको प्रतियोगितामा नेपाल चौथो बन्दै बाहिरिएको थियो।
इस्टर्न रिजनको शीर्ष दुईमा रहेका टोलीले एसिया कप छनोट खेल्दैछन्। इस्टर्न रिजनबाट सिंगापुर र हङकङ तथा वेस्टर्न रिजनबाट कुवेत र यूएई छनोट भएका हुन्। सिंगापुरसँग हङकङ पराजित भएपछि नेपाल एसिया कप छनोटबाट बाहिरिएको थियो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कप्तान नेपाल सो प्रतियोगिताका ४ खेलमा १ म्याचमा मात्रै जित निकालेको थियो। एक खेलमा भने अंक बाँडेको थियो। पहिलो खेलमा मलेसियासँग २२ रन, दोस्रो म्याचमा हङकङविरुद्ध ४३ रनले हारेको नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले हराएको थियो।
नेपालले आफ्नो चौथो तथा अन्तिम खेलमा सिंगापुर खेल्ने तालिको थियो। तर, म्याच टस नभई रद्द भएको थियो। यो प्रतियोगिता सन् २०२० को फेब्रुअरी/मार्च महिनाम भएको थियो। नेपालले अहिलेसम्म एसिया कप खेल्न सकेको छैन।
एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ। यहाँबाट छनोट हुने टोली समूह ‘ए’मा रहेको छ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान रहेका छन्। प्रतियोगितामा ६ टोली सहभागी हुदैछन्।
एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी–२० फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्। सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ। यसअघि एसिया कप श्रीलंकामा तय भएको थियो। तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।
एसिया कप क्वालिफायरको खेल तालिका :