Khabar Board
Flash logo up side
flash header

‘प्लेयर अफ दि इयर’ को मनोनयन सार्वजनिक, शीर्ष १५ मा परेनन् यी तीन विश्व स्टार फुटबलर

Nirbachan m

काठमाडौं ।

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार राति मनोनयन सार्वजनिक गरेको हो ।

पुरूषको प्लेयर अफ दि इयर मनोनयनतर्फ शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना, रियल मड्रिडका करिम बेन्जिमा र थिवाउट कोर्टुइस छन्। गोलकिपर कोर्टोइस र बेन्जेमाले च्याम्पियन्स लिग जितेका समेत हुन्। यो सूचीको शीर्ष १५ मनोनयनमा चर्चित फुटबलर लियोनल मेसी, नेइमार र क्रिस्टियानो रोनाल्डो अटाएनन्।

बाँकी शीर्ष १५ भित्र परेका खेलाडीहरू : ४ रोबर्ट लेवान्डोस्की (बायर्न, हाल बार्सिलोना र पोल्याण्ड) ५ लुका मोड्रिच (रियल म्याड्रिड र क्रोएसिया), ६ साडियो माने (लिभरपुल, हाल बायर्न र सेनेगल), ७ मोहम्मद सलाह (लिभरपुल र इजिप्ट), ८ केलियन एम्बाप्पे (पिएजी र फ्रान्स)

९ भिनिसियस जुनियर (रियल म्याड्रिड र ब्राजिल), १० भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स), ११ बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी र पोर्चुगल), १२ फिलिप कोस्टिक (इन्ट्राक्ट फ्रान्कफर्ट र सर्बिया), १३ लोरेन्जो पेलेग्रिनी (रोमा र इटाली), १४ ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल र इङ्गल्याण्ड), १५ फाबिन्हो (लिभरपुल र ब्राजिल)

युइएफएले रियलका कार्लो एन्सेलोटी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका जर्गेन क्लोपसहित पुरूष म्यानेजर अफ द इयर अवार्डका लागि छनोट सूची पनि सार्वजनिक गरेको छ। वर्षको उत्कृष्ट महिला खेलाडी र वर्ष प्रबन्धकको मनोनयन पछि सार्वजनिक गरिने भएको छ। सबै विजेताको घोषणा आगामी अगष्ट २५ मा इस्तानबुलमा च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा गरिनेछ।

यस्तै, अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।

सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवाती ‘लाइनअप’मा नै अटाउन सकेनन्।

१६ वर्षपछि मेसी पहिलो पटक सुरुवाती रेसमा परेनन्। अवार्ड कतारमा विश्वकप सुरु हुनुअघि प्रदान गरिने भएकाले स्वाभाविक रूपमा चासोका साथ हेरिएको छ। यो पटक मेसीको पिएसजी च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित हुँदै बाहिरिँदा उनको प्रदर्शन बिर्सनलायक रहेको थियो।

Center article

च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएसँगै यो वर्षको मेसी र नेयमारको सम्भावना कमजोर हुने आँकलन गरिएको थियो। रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान करिम बेन्जमा यो पटक सर्वाधिक उच्च दाबेदार मानिएका छन्।

उनी शीर्ष ३ मा अटाउन सफल रहे। रियलबाट ६ खेलाडी मनोनयनमा पर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६–६ खेलाडीले स्थान बनाएका छन्।

मनोनयनमा परेका खेलाडी

करिम बेन्जमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिडै), एन्टेनियो रुडिगर (रियल म्याड्रिड र चेल्सी), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल),

लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल र बेन्फिका) , भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी),

क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (डर्टमुन्ड र म्यानचेस्टर सिटी) रोबर्ट लेवान्डोस्की (वार्यनम्युनिख र बार्सिलोना), सन ह्युङ मिन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख रलिभरपुल), राफयल लियो (एसी मिलान),

मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुकु (लाइप्जिङ), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.