Khabar Board
Flash logo up side
flash header

एसिया कपका लागि बंगलादेशको टोली घोषणा, यी नयाँ खेलाडीले पाए कप्तानी

Nirbachan m

काठमाडौं ।

एसिया कपका लागि बंगलादेशको टोली घोषणा भएको छ। टोलीको कप्तान शाकिब अल हसन बनेका छन्। उनी टी–२० विश्वकपसम्म पदमा रहनेछन्। यो वर्ष विश्वकप अस्ट्रेलियामा हुँदैछ। पछिल्लो समय बंगलादेशको टोलीको प्रदर्शन निकै खराब रहेको छ।

शाकिबले हालै बेटविनर न्यूजसँगको सम्झौताबाट पछि हट्दै बोर्डसँग सबै कुरा मिलाएको छ। आइतबार अमेरिकाबाट आएको केही घण्टापछि उनले बीसीबीका अध्यक्ष नजमुल हसनसँग उनको निवासमा भेट गरेका थिए। यस विषयमा छलफल भएको थियो ।

बंगलादेश टोलीका निर्देशक खालिद महमूद, बीसीबीका प्रमुख चयनकर्ता मिन्हाजुल अबेदिन र उनीहरूको छनोट प्यानलका सदस्य हबिबुल बशरपछि बीसीबी क्रिकेट अपरेशन्सका अध्यक्ष जलाल युनिस र अन्य बोर्ड निर्देशकहरू बैठकमा उपस्थित थिए।

Center article

बंगलादेशको क्रिकेट अपरेशन्स चेयरम्यानले आगामी टी–२० विश्वकपसम्म शाकिब अल हसन टोलीको कप्तान रहने बताएका छन्। शाकिबले पहिलो पटक कप्तानी गर्ने होइन। यसअघि पनि उनले टोलीको नेतृत्व गरिसकेका छन्। यो पटक उनको कप्तानी कायम रहन्छ कि रहँदैन त्यो हेर्न बाँकी छ।

हसनको आगमनले टोली पक्कै बलियो हुनेछ। उनको बिट्विनर सम्झौतापछि बीसीबीले कडा अडान लियो। बीसीबीले भने सम्झौता जारी रहेमा उनलाई टोलीमा स्थान नदिइने बताएको थियो। त्यसपछि शाकिब र बोर्ड सदस्यबीच भेटवार्ता भएको थियो।

एसिया कपका लागि बंगलादेश टोली : शाकिब अल हसन (कप्तान), अनमुल हक, परवेज इमोन, अफिफ हुसेन, मुश्फिकुर रहिम, महमुदुल्लाह, तस्किन अहमद, नुरुल हसन, सब्बीर रहमान, मोसाद्देक हुसेन, सैफुद्दीन, मेहदी हसन, मेहदी हसन मिराज, नसुम अहमद, हसन महमूद, मुस्ताफिजुर रहमान र प्रार्थना हुसेन।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.