काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आइपुगेका हुन्। उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एकवर्षको सम्झौता गरिएको जनाएको छ।
नेपालको मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्यासँगको रहनेछ। नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने छ। केन्यामा रहँदा नेपालले ५ खेलको टी–२० सिरिज खेल्नेछ। नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ।
भारतका पूर्वअलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन्। उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिममा धेरै चुनौती भएको तर, आफूले यसलाई सहजै स्वीकार गरेको बताएका छन् । नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा उत्कृष्ट खेलाडी भएको र त्यसलाई आफूले सकरात्मक रुपमा लिएको बताए ।
‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन्,’ प्रभाकरले भने । प्रभाकरले आफूलाई हिमालको ठाउँ मन पर्ने भएकाले नेपालको प्रशिक्षकको रुपमा आउन रुची देखाएको बताए । साथै उनले अब टिमलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउन आफ्नो अनुभव लगाउन बताए ।
‘म हिमालमा बस्छु । त्यसैले मैले यो ठाउँ रोजेको हुँ । म यहाँ राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु । मसँग धेरै अनुभव छ । म कसरी युवा टोलीलाई अगाडी बढाउनुपर्छ भन्ने जानेको छु,’ प्रभाकरले भने ।
प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।
१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।
एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।
मुख्य प्रशिक्षक प्रभाकरबारे यस्तो भन्छन् कप्तान सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज शनिबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका नेपाल आइपुग्ने जनाएको छ ।
क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आइपुग्ने छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।
नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ । केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्। यसैक्रममा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नवनियुक्त प्रशिक्षक प्रभाकरबारेमा प्रतिक्रिया दिएका छन्। उनले नयाँ प्रशिक्षकसँग काम गर्न उत्साही रहेको बताएका छन्।
‘नयाँ प्रशिक्षकसँग काम गर्न उत्साही छु। एउटा अलराउन्डर प्रशिक्षक हामीले पाएका छौं। उहाँले भारतका लागि धेरै म्याच खेल्नु पनि भएको छ,’ उनले भने, ‘हामीलाई दुवै पक्ष बलिङ र ब्याटिङमा हेर्न सक्ने अलराउन्डर पाएको छौं। लामो समयदेखि हामीलाई यस्तै किसिमको प्रशिक्षक आवश्यक थियो।’
उनले नयाँ प्रशिक्षकमाथि चुनौती नै रहेको बताएका छन्। टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा संर्घष गरिरहेका बेला प्रशिक्षक र खेलाडी दुवैलाई नै चुनौती रहेको कप्तान सन्दीपको भनाइ छ।
‘सबैका लागि चुनौती नै छ। मेरो लागि पनि टिमलाई कसरी अगाडि बढाएर लैजाने भन्ने चुनौती छ,’ उनले भने, ‘आइरहेको चुनौतीहरू पार गर्दै सबै खेलाडीले आफ्नो शत प्रतिशतभन्दा बढी दिनुपर्ने अवस्था आइसकेको छ। सकेसम्म राम्रो गर्ने लक्ष्यसहित अघि बढ्ने छौँ।’
सन्दीपले प्रभाकर अनुभवी कोच नै भएको दाबी गरेका छन्। उनले प्रभाकरले कुनै राष्ट्रिय टिमको हेड कोचको रूपमा काम नगरे पनि रणजी ट्रफीमा मुख्य प्रशिक्षक भएर काम गरिसकेको बताएका छन्। उनले आफ्नो तर्फबाट कोचलाई गर्नुपर्ने सहयोगका लागि सधै नै तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
सन्दीपले नयाँ प्रशिक्षकले नेपाली टिमको ब्याटिङमा सुधार गरिदिनुपर्ने औंल्याएका छन्। उनले बलिङ र फिल्डिङ टिमको राम्रै रहेको बताएका छन्। सन्दीपले ग्यालेक्सी फोरके टीभीसँगको एक अन्तर्वार्तामा यी कुराहरू बताएका हुन्।