पीएसजीको अर्को शानदार जित, यी खेलाडी बने जितको `हिरो´

Image

काठमाडौं ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलियरलाई ५-२ गोल अन्तरले हराउँदै पीएसजीले लगातार दोस्रो जित निकालेको हो।

पीएसजीको जितमा नेयमारले दुई गोल गरे । केलियन एमबाप्पे र रेनेटो सान्चेज एक एक गोल गरे। मोन्टपेलियरका वाहबी खाजरी र इन्जो एमबियायीले एक एक गोल फर्काए।

मोन्टपेलियरका फलाए साकोले एक आत्मघाती गोल गरे। यस जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ। पीएसजी शीर्ष स्थानमा रहेको छ। मोन्टपेलियर २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ।

म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४-० ले स्तब्ध हुँदै युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डले युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको दशौँ मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए। म्याथिस जेन्सेनले १८ औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्ड २-० ले अघि रह्यो।

खेलको ३० औं मिनेटमा बेन मिले गोल गरेपछि घरेलु टोली ३-० ले अघि रह्यो । त्यसपछि खेलको ३५ औं मिनेटमा ब्रायन एमबिउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए।

ब्रेन्टफोर्डको यो पहिलो जित हो। ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। युनाईटेड अंक विहीन रहदै पुछारमा रहेको छ।