Khabar Board

नेपालसँग खेल्नुअघि लयमा केन्या, केन्याको लगातार दुई विशाल जित

काठमाडौं ।

आईसीसी विश्वकप च्यालेन्ज लिग ‘बी’ अन्तर्गत केन्याले जर्सीलाई हराएको छ। केन्याले जर्सीलाई ४ विकेटले पराजित गरेको हो। गएराति सम्पन्न खेलमा जर्सीले दिएको १ सय ७३ रनको लक्ष्य केन्याले ४२.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

उसका लागि इरफान करिमले अर्धशतकीय पारी खेले। उनले १२४ बलमा ६ चौकासहित अविजित ५३ रनको योगदान दिए। त्यस्तै, रकीप पटेलले ३९, सुखदीप सिंहले अविजित २२, कोलिन्स ओबुयाले १४ र रुषभ पटेलले १३ रन जोडे।

बलिङमा जर्सीका लागि इलियट माइल्सले ३, ह्यारिसन कार्लियोन, डानियल बिरेल र जुलियस सुमेराउरले १/१ विकेट लिए । त्यसअघि ग्रेनभिल सेन्ट सेभियर मैदानमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली जर्सीले ४८.१ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

उसका लागि जोस लरेन्सले अर्धशतकीय पारी खेले। उनले ९३ बलमा ४ चौकाको मद्दतमा ५२ रन बनाए। त्यस्तै, आश ट्रिबेले ३६, ह्यारिसन कार्लियोनले २७, जेक डनफोर्डले १६ र जुलियस सुमेराउरले १२ रनको योगदान दिए।

बलिङमा केन्याका लागि विराज पटेल र कप्तान शेम नोङ्चेले सर्वाधिक ३/३विकेट लिए। विश्वकप च्यालेन्ज लिग ‘बी’ मा जम्मा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जर्सी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

उसले अहिलेसम्म कूल १५ म्याच खेलेको छ। जसमध्ये ११ मा जित र ४ खेलमा हारेको छ। केन्या भने तालिकाको चौथो स्थानमा छ। कूल १५ म्याच खलेको केन्याले ७ खेल जितेको छ भने ७ वटै म्याच हारेको छ। केन्याले एक खेलमा अंक बाँडेको छ।

केन्याले आईसिसी विश्वकप च्यालेन्ज लिग ‘बि’ को च्याम्पियन पछि नेपालसँग सिरिज खेल्ने छ । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ । केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ । चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ । दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।

केन्यासँग सिरिज खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौमा केन्यासँग टी–२० र एकदिवसीय सिरिज खेल्दैछ । नेपालले केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । क्यानका अनुसार यी दुवै सिरिज केन्यामा हुनेछन् । सिरिजका लागि नेपाली टोली २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा हुनेछ । नेपाल र केन्याले सुरुवातमा टी–२० सिरिज खेल्ने तालिका छ । सिरिजको पहिलो खेल २५ अगस्ट, दोस्रो खेल २६ अगस्ट, तेस्रो खेल २८ अगस्टमा हुनेछ ।

सिरिजका लागि नेपाली टोली २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा हुनेछ । नेपाल र केन्याले सुरुवातमा टी–२० सिरिज खेल्ने तालिका छ । सिरिजको पहिलो खेल २५ अगस्ट, दोस्रो खेल २६ अगस्ट, तेस्रो खेल २७ अगस्टमा हुनेछ । त्यस्तै, सिरिजको चौथो र पाँचौँ खेल क्रमशः २९ र ३० अगस्टमा हुने तालिका छ । नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज २ सेप्टेम्बरदेखि सुरु हुनेछ । सिरिजको दोस्रो खेल ३ सेप्टेम्बर र तेस्रो म्याच ५ सेप्टेम्बरमा हुने तालिका छ । क्यानले नेपाल र केन्याबीचको खेल सुरु हुने समयको बारेमा भने जानकारी गराएको छैन ।

केन्या पाँचपटक विश्वकप खेलिसकेको छ । उसले चारपटक एकदिवसीय र एक पटक टी–२० विश्वकप खेलेको छ । ऊ सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । पछिल्लोपटक सन् २००७ को टी–२० विश्वकप खेलेपछि भने केन्या छनोट हुन सकेको छैन ।

केन्या कुनै समय उत्कृष्ट टिम मानिन्थ्यो । पछिल्लो समयले भने उसले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ । केन्याले पहिलोपटक १९९६ मा एकदिवसीय खेल खेलेको थियो । उसले २०१४ मा एकदिवसीय मान्यता गुमाएको थियो ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.