काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङलगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।
बन्द प्रशिक्षणमा डाकिएको नेपाली टोली :
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ । डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट ।
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास ।
साफ च्याम्पियनसिपअघि नेपाललाई झड्का
नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ। साप खेल्नुअघि नेपाली राष्ट्रिय महिला फुटबललाई ठूलो झड्का लागेको छ। डिफेन्डर पूजा राना मगरको रूपमा नेपाललाई झड्का लागेको हो।
उनले चोट बोकेकी छिन्। महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षण दौरान पूजाले आइतबार खुट्टाको चोट बोकेकी हुन्। पूजाले बायाँ खुट्टामा गम्भीर चोट बोकेकी हुन्। उनले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना बढेको छ।
पूजाले सन् २०१९ मा विराटनगरमा अयोअना भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। नेपाल पुलिस क्लबकी डिफेन्डर पूजा नेपाली टोलीको नियमित सदस्य हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। समूह ’बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै, दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। नेपाल सहज मानिएको ‘बी’ रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।












