Khabar Board
Flash logo up side
flash header

आउँदो विश्वकपबारे यस्तो भन्छन् मेस्सी

Nirbachan m

काठमाडौं ।

आसन्न संस्करणको फिफा विश्वकप फुटबल २० नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा सुरु हुँदैछ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्। खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ।

विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलो पटक हो। कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ। सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो। उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो।

विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो। समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए।

समान अङ्क ल्याउने टोलीहरूबीच ‘प्ले-अफ’ खेल भयो। सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ तर युरोपियन च्याम्पियन इटली विश्वकपमा छनौट हुन असफल रहेको छ।

प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्। चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन्।

एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्। अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्। त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।

Center article

दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।

सबैभन्दा धेरैपटक विश्वकप जिते देश ब्रजिल हो। ब्रजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकप उपाधि उचालेको छ। जर्मनीले चार पटक सन् १९५४, १९७४, १९९०, २०१४ मा विश्वकपको उपाधि जितेको थियो।

यस्तै, इटलीले चार पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९३४, १९३८, १९८२, २००६ को विश्वकप जितेको थियो। आर्जेन्टिनाले दुई पटक सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो।

फ्रान्सले पनि दुई पटक सन् १९९८ र २०१८ मा उपाधि जितेको थियो। उरुग्वेले दुई पटक सन् १९३० र १९५० मा विश्वकप जितेको थियो। स्पेन एक पटक सन् २०१० र इंग्ल्याण्डले पनि एक पटक सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो।

३५ मेस्सी आफ्नो पहिलो विश्वकप उपाधि जित्ने लक्ष्यमा थप मजबुद देखिएका छन्। तर, मेस्सी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं। ‘हामी अगाडि बढिरहेका छौं। दिनप्रतिदिन सुधारको प्रयास गरिरहेका छौं। हामी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं,’ मेस्सीले भने, ‘तर, हामी जोसुकैविरुद्ध पनि लडाइँ जारी राख्नेछौं। हाम्रो टिम निकै आशावदी छ।’

उनले थपे,‘हामीले सुधार गरिरहनुपर्छ । सेप्टेम्बरमा हाम्रो महत्वपूर्ण खेल छ। विश्वकपमा शानदार प्रदर्शनका लागि सर्वश्रेष्ठ टिम बनाउनेछौं, अझै सुधार गर्नेछौं।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.