Khabar Board

सन्दीपसहित यी ३ नेपाली खेलाडीको वरीयता सुधार, यस्तो छ नयाँ स्थान

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसिसी० ले खेलाडीहरूको नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–२० को बलिङ वरीयतामा सुधार भएको छ।

आईसिसीले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४०औं स्थानमा उक्लिएका छन्। बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७औं स्थानमा उक्लिएका छन्।

कुशल भुर्तेल ३९औं र दीपेन्द्रसिंह ऐरी ४२औं स्थानमा यथावत् रहेका छन् । अलराउण्डरतर्फ पनि दीपेन्द्र ८औं स्थानमा यथावत् छन्। एकदिवसीयतर्फ सन्दीप ३४औं स्थानमा यथावत् रहेका छन्। सोमपाल कामी ९४ र करण केसी ९५औं स्थानमा झरेका छन्।

एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१औं र आसिफ शेख १००औं स्थानमा यथावत् रहेका छन्। नेपालको एकदिवसीय वरीयता १९औं स्थानमा रहदा टी–२० तर्फ १४ औं स्थान रहेको छ।

क्रिकेट टोलीको प्रशिक्षण हेरेपछि यस्तो भन्छन् प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याको भ्रमणमा जाँदैछ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तराष्ट्रिय र ३ म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका छ। केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ।

५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० गतेसम्म चल्नेछ। दुवै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टी–२० सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ।

नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ। यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्।

एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ। तीनै एकदिवसीय म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछन्। टी–२० र एकदिसीय सिरिजका लागि नेपालले टिमसमेत घोषणा गरिसकेको छ। केहीअघि अगाडि कप्तान सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम गरेको भएको थियो।

नेपालले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरिसकेको छ। अहिले नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ। यसैक्रममा टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफू ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाइरहेको बताएका छन्।

मुख्य प्रशिक्षक प्रभाकरले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै आफूले नेपाली टोलीको कमजोरी पत्ता लगाउँदै गरेको बताएका हुन्। यसअघिका नेपालको खेलको भिडियोहरू हेरिरहेको र नेपालले साना–साना कमजोरीका कारण खेल हारिरहेको देखेको बताउँदै उनले ती कमजोरीहरूलाई सुधार आवश्यक रहेको औंल्याएका छन्।

‘म यहाँ आएदेखि निरन्तर वर्षा भइरहेको कारण हाम्रो अभ्यास इन्डोरमा मात्र सीमित भएको छ। यसले गर्दा मैले राम्रोसँग खेलाडीको बारेमा समेत थाहा पाउन सकेको छैन। हामीले आज मात्र मैदानमा अभ्यास गर्न पायौं,’ प्रभाकरले भने, ‘नेपालको ब्याटिङमा रहेको समस्या सुधारोन्मुख रहेको यसको लागि हामीहरू लागि रहेको छौँ।’ नियमित ओपनरका रूपमा रहेका कुशल भुर्तेल टिममा नरहेको अवस्थामा ओपनिङ जोडिका विषयमा टिम अहिले नै निष्कर्षमा नपुगेको प्रभाकरले बताए।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.