Khabar Board
Flash logo up side
flash header

स्कटल्याण्डविरुद्ध अमेरिकाको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड, अमेरिका र युएईबीच भएको सिरिजमा अमेरिकाले पहिले जित निकालेको छ। गएराति भएको सिरिज अन्तर्गतको अन्तिम खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नाटकीय रूपमा २ विकेटको जित निकालेको हो।

स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले अन्तिम ओभरको अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकाका लागि एरोन जोन्सले सर्वाधिक ६२ रन बनाउँदा मोनाक पटेलले ५० रनको अर्धसतकीय पारी खेले। यस्तै जसकरण मलहोत्रा ३६ रनमा नटआउट रहँदा गजानन्द सिंहले ३३ रन बनाएका थिए।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि १५ रन आवश्यक रहेको बेला क्रिजमा रहेका मलहोत्राले पहिलो बलमा छक्का प्रहार गरेका थिए। दोस्रो बल डट खेलेका उनले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै खेलमा फर्किएका थिए। पाँचौ बलमा १ रन लिँदै उनले अमेरिकालाई महत्वपूर्ण जित दिलाए।

स्कटल्याण्डका लागि हम्जा ताहिर, मिचेल लेस्क र गाभिन मेनले समान दुई-दुई विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो।

उसका लागि कलुम म्याकलोडले नटआउट १३३ रनको शतकीय पारी खेल्दा मिचेल लेस्कले ४१ रन बनाए। साफयान सरिफले २५ रन जोडे। अमेरिकाका लागि इयान होलान्डले सर्वाधिक ३ विकेट लिँदा सौरभ नेत्रवाल्कर र स्टेभन टेलरले समान २-२ विकेट लिए।

यो जितसँगै विश्वकप लिगको अंक तालिकामा अमेरिका २८ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ४० अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा कायमै छ।

Center article

सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा कायमै छ। यस्तै २६ खेलबाट २७ अंक जोडेको युएई चौथो स्थानमा झरेको छ। १८ खेल खेलेको नामिबिया १८ अंकसहित पाँचौ रहँदा २० खेलबाट १७ अंक जोडेको नेपाल छैठौं स्थानमा छ। समान २० खेलबाट २ अंक जोडेको पपुवा न्यूगिनी २ अंकसहित पुछारमा छ।

अब नेपाल र पपुवा न्यूगिनीले लिगमा समान १६ खेल खेल्न बाँकी रहँदा स्कटल्याण्ड र अमेरिकाले समान ८-८ खेल खेल्न बाँकी छ। यस्तै युएईले १० खेल खेल्न बाँकी रहँदा नाबिबियाले सर्वाधिक १८ खेल खेल्न बाँकी छ।

सात टोली सम्मिलित लिग-२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो। जारी लिग-२ सकिदा शीर्ष पाँच टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

लिग-२ को सातमध्ये पुछारका दुई टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ। यद्यपि लिग-२ को पुछारका दुई टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ।

लिग-२ मा ‍पुछारका दुई टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच एकदिवसीय मान्यताका लागि प्लेअफ हुनेछ।

आइसिसीका अनुसार लिग-२ र च्यालेन्ज लिग गरी कुल चार टिमले एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा शीर्ष दुई टिमले एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.