काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली केन्याको भ्रमणमा तयारीमा जुटेको छ। नेपाली टिमले अहिले बन्द प्रशिक्षणमा रहेको छ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तराष्ट्रिय र ३ म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका छ। टी–२० र एकदिसीय सिरिजका लागि नेपालले टिमसमेत घोषणा गरिसकेको छ।
केहीअघि अगाडि कप्तान सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम गरेको भएको थियो। नेपालले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरिसकेको छ। भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई हेड कोच बनाइएको छ। उनले अहिले नेपाली टिमलाई प्रशिक्षण दिइरहेका छन्। नेपाली टिमले ब्याटिङमा संर्घष गरिरहेको छ। खराब ब्याटिङकै कारण नेपालले सुनौला अवसरहरू गुमाइरहेको छ।
दुई वर्षअघि नेपालले आफ्नो खराब ब्याटिङकै कारण एसिया कप छनोट गुमाएको थियो। केही महिनाअघि नेपाले यसवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकप पनि गुमायो। त्यसको कारण पनि खराब ब्याटिङ नै थियो। हालै नियुक्त भएका प्रशिक्षक प्रभाकरले पनि नेपाली टिमको ब्याटिङमै सुधार गर्नुपर्ने औंल्याएका थिए।
उनले नेपाली ब्याटरमा टेक्निकको अभाव रहेको बताएका थिए। यसका साथै उनले दुईतीन महिनाभित्रमा त्यसलाई सुधार गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्। ब्याटिङकै कारण नेपालले निकै राम्रा अवसरहरू गुमाउन थालेपछि उत्कृष्ट ब्याटरको खोजी हुन थालेको छ।
नेपाली राष्ट्रिय क्रिकेटमा अहिले युवा खेलाडीहरूको बाहुल्यता रहेको छ। टिममा ज्ञानेन्द्र मल्ल मात्रै सिनियर खेलाडी छन्। उनले नेपाली टिमबाट खेल्ने थालेको धेरै नै भइसक्यो। बाँकी खेलाडी प्रयाः नयाँ छन्। हरेक म्याचमा नेपाली खेलाडीमा अनुभवको कमी नै देखिन्छ।
अधिकांश नेपाली ब्याटरहरू गलत सट हान्ने चक्करमा आउट हुने गरेको इतिहास छ। फ्यानहरूले अहिले नेपाली मूलका क्रिकेटर जय विष्टलाई नेपाल बोलाउनुपर्ने माग गरिरहेका छन्। खराब ब्याटिङ गरिरहेको नेपाली टिममा विष्टलाई बोलाउनुपर्ने धेरै नेपाली समर्थकको माग छ। विष्टले भारतमा शानदार प्रदर्शन गरिरहेका छन्।
जयले भारतको प्रतिष्ठित रणजी ट्रफी, विजय हजारे ट्रफी एकदिवसीय क्रिकेटलगायत भारतका ठूला प्रतियोगिता खेलिसकेका छन्। उनको जन्म २३ डिसेम्बर १९९५ मा मुम्बइ महाराष्ट्रमा भएको थियो। जयको पुख्र्यौली घर सुदूरपश्चिमको अछाम हो।
जयका पिता गोकुल विष्ट पनि क्रिकेटर हुन्। मुम्बईका लागि खेल्ने नेपाली मूलका जय पहिलो खेलाडीसमेत हुन्। उनी दायाँ हाते ओपनिङ ब्याट्सम्यान तथा पार्टटाइम अफ स्पिनर बलर पनि हुन्।
विष्टले मुम्बईको पीजे हिन्दु जिमखानाबाट आफ्नो क्रिकेट सुरु गरे। तर, उनका बुवाको आग्रहमा उनले क्रिकेट–संस्कृत शारदाश्रम विद्यामन्दिर स्कूलमा भर्ना भए। उनले मुम्बई क्रिकेटको कठिनाइहरू पार गरे। लगभग हरेक उमेर समूहको स्तरमा प्रतिनिधित्व गर्दै उनले अण्डर–१४ देखि अन्डर–२३ सम्म खेले।
उनले सन् २०१५ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरे। उनले अहिलेम्म ३० प्रथम श्रेणी क्रिकेट खेलेका छन्। जसमा ४ शतक र ६ अर्धशतकको मद्दतमा १ हजार ७ सय १० रन बनाएका छन्। उनको उच्च स्कोर १ सय ३५ रन छ। उनले प्रथम श्रेणी क्रिकेटमा १८ विकेट पनि लिएका छन्।
यसका साथै जयले २५ लिस्ट ए म्याच पनि खेलेका छन्। जसमा उनले १ शतक र ८ अर्धशतकसहित १ हजार १९ रन जोडेका छन्। उनको उच्च स्कोर १ सय ४१ रन छ। उनको नाममा ४ विकेट पनि छ। टी–२० पनि उनको प्रदर्शन राम्रो छ।
उनले ३३ म्याचमा ७ अर्धशतकसहित १ हजार १ रन बताएका छन्। टी–२० उनको उच्च प्रदर्शन ९२ रन रहेको छ। उनले टी–२० मा २ विकेट पनि लिएका छन्। २६ वर्षीय जयले रणजी ट्रफीमा उत्तराखण्डको लागि कप्तानी गर्छन्। जयलाई नेपाल बोलाएर कप्तान बनाउनुपर्ने पनि नेपाली समर्थकहरूको छ।
तर, भारतमा राम्रै प्रदर्शन गरिरहेकाले तत्काल जय नेपाल आएर खेल्ने सम्भावना कम छ। यद्यपि, नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरेर उनलाई ल्याउन चाहेमा उनी आउन पनि सक्छन्। हाललाई भने उनी नेपाल आउने सम्भावना कमै देखिन्छ।