Khabar Board
Flash logo up side
flash header

माल्दिभ्समा चम्किँदै किरण, टिमले निकाल्यो शानदार जित

Nirbachan m

काठमाडौं ।

नेपाली फुटबल टिमका चर्चित गोलरक्षक किरण चेम्जोङ माल्दिभ्समा छन्। जहाँ उनी व्यवसायिक फुटबल खेलिरहेका छन्। माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट व्यवसायिक फुटबल खेलिरहेका चेम्जोङको टोली माल्दिभ्सको प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न सेमिफाइनलमा माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। माजियाका लागि अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा यामिनले गोल गरे।

माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण हालै उत्कृष्ट गोलकिपर घोषित हुन सफल भएका थिए। किरण आबद्ध माजिया एससीले सिजनको लिग जितेको थियो। माजियाले लिग जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए। माजियाले लगातार तीन सिजन लिगको उपाधि जितेको हो। जितसँगै माजिया एएफसी कपको समूह चरणमा छनोट हुन समेत सफल भएको छ।

किरण गत मंसिरमा २०२१/२२ सिजनका लागि माजियामा आबद्ध भएका थिए। किरणले गत सिजन भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। गत सिजन आइ लिगमा पनि उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले गत वर्ष एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

यसअघि सन् २०१८ मा पनि किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

Center article

बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई। अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।

पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो। स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यू-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।

उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्‍यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए। एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए।

सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए। मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.