काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार केन्या भ्रमणमा निस्कने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले नेपाली टोली सोमबार केन्या जाने जानकारी दिए। यस अघि केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको थियो।
‘५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाल सोमबार केन्या भ्रमणमा निस्कदै छ,’ खनालले भने, ‘नेपाली टोली मंगलबार केन्या पुग्ने तालिका रहेको छ ।’
नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन् । नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ।
नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।
नेपाल र केन्याको खेल तालिका नेपाली समय अनुसार :
नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ । दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ।
चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ । दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ । तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।
वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।