काठमाडौं ।
मनोज प्रभाकर २३ साउनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । पुबुदु दासानायकेले बीचैमा नेपाल छाडेपछि क्यानले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर ५९ वर्षीय प्रभाकरलाई प्रशिक्षक बनाएको थियो । नेपालको मुख्य प्रशिक्षक बनेलगत्तै प्रभाकरले नेपाली टिमको केन्या भ्रमणको तयारी थालेका छन् ।
पहिलो पटक ओडीआई मान्यता टिमको मुख्य प्रशिक्षक बन्नुभएको छ, काम कसरी सुरु गर्दैहुनुहुन्छ ?
मुख्य कुरा भनेको बलिङ कोच होस् या मुख्य प्रशिक्षक होस् तपाईंलाई दिएको काम मुख्य हो । तपाईंले जे काम पाउनु भएको छ त्यसमा सुधार गर्नु हो । म अहिले यसमा कडा मिहिनेत गरिरहेको छु । खेलाडीले जुन स-साना गल्ती गरिरहेको छन् त्यसलाई पहिचान गर्दै सुधारमा लागेको छु ।
केही वर्ष प्रशिक्षण करिअरबाट बाहिर हुनुहुन्थ्यो । अहिले नेपालको राष्ट्रिय टिम हेर्न आउभयो, कतिको चुनौती अनुभव भएको छ ?
म २०१७ मा प्रशिक्षक थिएँ । २०१८ र गत वर्ष पनि म दिल्लीको हेड कोच थिएँ । यसले खासै असर गर्दैन । कोभिडले धेरै कुरालाई असर गर्यो । मसँग जे ज्ञान र सीप छ मैले त्यसलाई बाँड्ने हो । त्यसैले यो युवा खेलाडीलाई राम्रो हुन्छ ।किनकी मेरो टिम योङ छ । उनीहरु सिक्न उत्सुक छन् र म इन्जोय गरिरहेको छु । मलाई लाग्छ युवा खेलाडीहरु पनि इन्जोय गरिरहेका छन् ।
पहिलो ट्रेनिङ सेसनपछि नेपाली खेलाडीमा टेक्निकको कमी भन्नुभयो भएको थियो । खास गरी के के कमजोरी रहेछ ?
यो टिम मात्र होइन, विश्वभर यस्तो हुन्छ । यतिसम्मकी उत्कृष्ट खेल्ने खेलाडी पनि बल मुभ गर्दा संघर्ष गरिरहेका हुन्छन् । मेरो विचारमा त्यो बल खेल्न तपाईं राम्रो टेक्निकमा हुनुपर्छ । किनकी हरेक खेलाडीले राम्रो कोच पाएका छन् । मुख्य कुरा उनीहरुले सबै सुविधा पाएका छन् । भिडियो पाएका छन्, राम्रो, नराम्रो कुरा देख्न पाएका छन् । यसमा काम गरेर कहाँ गल्ती रहेछ भन्ने रिअलाइज हुनुपर्यो र यसमै काम गर्ने हो ।
नेपाली टिममा पछिल्लो केही वर्ष निकै उतारचढाव छ, यसले के असर गर्छ?
मलाई बिगतबारे थाहा छैन । तर वर्तमानमा युवा टिम छ । उनीहरु कडा मिहिनेत गरिरहेका छन् र हरेक दिन सुधार भइरहेको छ । किनकी प्राक्टिसको लागि आउट डोरमा धेरै समय भएन । इन्डोरमा काम गरिरहेको छौं यो त्यति राम्रो होइन । दुई तीन सेसन प्राक्टिस गरिरहेका छौं । उनीहरुले के गरिरहेका छौं भनेर बुझेका छन् ।
त्यसो भए खेलाडीलाई बुझाउन केन्द्रित हुनुहन्छ?
निश्चय नै । हामीलाई तीन चार जना म्याच विनर आवश्यक छ, हामी त्यसमै तयारी गरिरहेका छौं।
भनेपछि म्याच विनर तयार पारिरहेको हो ?
तपाईं यो खेलाडी म्याच विनर भनेर भन्न सक्नुहुन्छ, जसले खेल जिताउन सक्छन् यही म्याच विनर हो । मैले अहिलेसम्म म्याच विनर को हो भन्ने अवस्था छैन । अब हामीले भन्न सक्नुपर्छ कि यी चार खेलाडी हुन् जसले जिताउन सक्छन् । वान डे र टी-२० मा धेरै अलराउण्डरमा भर पर्छन् । जुन टिममा तीन-चार जना राम्रा अलराउण्डर छन्, इतिहासमा हेर्नुस त्यो टिमले विश्वकप जितेका छन् र म त्यही हेरिरहेका छौं।
नेपाली टिममा पनि अलराउण्डरहरु छन् नि ?
अलराउण्डर पाउने होइन तपाईंले बनाउने हो । अहिले नेपाल लिग टु खेलिरहेको छ । त्यसमा तपाईं जानकार हुनुहुन्छ । अघिल्लो चरण जान चुनौती बढ्दो छ कसरी हेर्नुभएको छ?
निश्चय नै हामी धेरै भन्दा धेरै खेल जित्न चाहन्छौं । उच्च लेभलमा रहनका लागि । त्यो नै हामी सोचिरहेका छौं र तयारी गरिरहेका छौं । केही दिनमै नेपाल केन्या भ्रमणमा जाँदैछ । त्यो तपाईंको पहिलो काम हुनेछ । यसलाई कसरी लिनुभएको छ?
अहिले राम्रो तयारी भइरहेको छ । किनकी हामीलाई म्याच प्राक्टिस चाहिएको छ । र युवाका लागि यो राम्रो हुनेछ । उनीहरुका लागि अवसर हुनेछन् जे तयारी गरिरहेका छन् । मेरो विचारमा यो राम्रो हुनेछ । अहिले नेपाली टिममा युवा खेलाडी धेरै छन् । कप्तान नै २२ वर्ष । युवा टिमलाई अनुभव लिन र एक्सपोजर पाउन कति समय लाग्छ ?
उनीहरुले कति चाँडै सिक्छन् त्यसमा भर पर्छ । मेरो विचारमा हरेक खेलाडीलाई थाहा छ भविष्य के छ भनेर । यदी युवा खेलाडीले राम्रो भविष्य सोचेर करियर सुरुवात गरेमा आधा काम पूरा भइसक्छ । यो अब उनीहरुको काम हो कसरी सिरियसली लिने भनेर ।
विगतमा हेर्नुभयो भने भारतले सबै छिमेकीलाई धेरै सहयोग गरेको छ । बंगलादेश होस् या श्रीलंका । श्रीलंकाले पछि आएर विश्वकप जिते । नेपालको लागि पनि त्यही हेरिरहेको छु । नेपाली क्रिकेटको विकासका लागि नेपाल जेका लागि लायक छ उनीहरुले भारतबाट त्यो पाउनुपर्छ ।
नेपाली खेलाडीको बलियो र कमजोर पक्ष के छन् ?
मुख्य कुरा उनीहरुले अहिले रियलाइज गरेका छन् कडा मिहिनेतको उद्देश्य के हो । म ब्याकअपको कुरा गर्दैछु । अहिलेसम्म उनीहरुले थाहा पाएका छैनन् ट्रेनिङको मिनिङ के हो भनेर । बेस राम्रो भए आधा काम सकिन्छ । त्यसैले हामीले राम्रो बेस बनाउनुपर्छ ।
अहिलेको टिम बाहेक पनि केहि खेलाडी बाहिर छन् । अर्को महिना नेपाल टी-२० लिग हुँदैछ । अझ राम्रो टिम बनाउनका लागि के गर्नुहुन्छ?
यो टुरपछि म पनि नेपाल टी-२० को पार्ट हुनेछु । सबै खेल हेर्छु र सबै लुकेका प्रतिभा हेर्छु । म २०-२२ खेलाडीहरु हेरिरहेको छु जसले देशका लागि खेल्न सक्छ र यसले टिमलाई अझ बलियो बनाउँछ । र आशा छ यदी सबै कुरा राम्रो भए हामी भविष्यमा राम्रो टिम बनाउनेछौं ।
पछिल्लो समय नेपाली टिममा एकता नभएको धेरै चर्चा भयो । टिमलाई एकतावद्ध गर्न तपाईंको सुत्र के हुनेछ? मैले अहिलेसम्म केही त्यस्तो देखेको छैन । सबै कडा मिहिनेत गरिरहेका छन् । सबै जना आफ्नो राम्रो करिअर हेरिरहेका छन् । मेरो काम त्यही हो ।
सिनियर खेलाडी तथा पूर्व कप्तान ज्ञानेन्द्र टिममा आएपछि के सहयोग हुन्छ ?
हाम्रो टिम युवा छ टिममा एक-दुई अनुभवी खेलाडी भए त्यसले युवालाई सहयोग गर्छ र राम्रो टिम बनाउन सहयोग पुग्छ । भारत छिमेकी पनि हो । बीसीसीआई ठूलो संस्था छ । तपाई बीसीसीआईकै प्रस्तावमा नेपाल आउनु भएको भन्ने सुनिन्छ । खासमा के भनेर पठाएका छन् ?
उनीहरुले मलाई नेपाली क्रिकेट र क्रिकेटरलाई सहयोग गर्न छनोट गरेका हुन् । मेरो उद्देश्य पनि त्यही हो । उनीहरुले मलाई विश्वास गरेका छन् । मैले उनीहरु र नेपालले जे खोजेको छ त्यो सबै कुरा पूरा गर्नुपर्छ । निश्चय नै केही राम्रो नतिजाका लागि हेरिरहेका छौं ।
बीसीसीआई र भारतबाट नेपालले के सहयोग लिन सक्छ?
यदी तपाईंले विगतमा हेर्नुभयो भने भारतले सबै छिमेकीलाई धेरै सहयोग गरेको छ । बंगलादेश होस् या श्रीलंका । श्रीलंकाले पछि आएर विश्वकप जिते । नेपालको लागि पनि त्यही हेरिरहेको छु । नेपाली क्रिकेटको विकासका लागि नेपाल जेका लागि लायक छ उनीहरुले भारतबाट त्यो पाउनुपर्छ ।
नेपाली टिमलाई भारत लगेर खेलाउने योजना छ ?
निश्चय नै, यदी हामीलाई भारतको जस्तो ट्रायाकमा प्राक्टिस आवश्यक छ भने । म बोर्डलाई हामीलाई सहयोग गर्नुस् भन्छु १०-१५ दिन प्राक्टिसको व्यवस्था मिलाउनुस् भनेर । उनीहरुले सहयोग गर्ने आशा छ ।
तपाईं खेलाडीमा सफल नै हुनुभयो । प्रशिक्षकको रुपमा रणजी पनि जित्नुभयो । अफगानिस्तानमा बलिङ कोच हुनुभयो । रणजी टिम र नेशनल टिम हेर्दा के फरक हुन्छ । यो ठूलो चुनौती होइन । मुख्य कुरा तपाईंले आफ्नो सीप बाँड्ने हो युवाहरुलाई । म त्यही गरिरहेको छु ।
एउटा सफल खेलाडी सफल प्रशिक्षक बन्न सक्छ ?
मुख्य कुरा भनेको जब खेलाडी कडा मिहिनेती छ, जसले तलैबाट सुरु गरेर उच्च लेभलमा कसरी सकाएको हुन्छ । ती नै राम्रो प्रशिक्षक बन्छन् । क्षमतावान खेलाडी राम्रो कोच बन्ने होइन । त्यसैले जसले सबै बाधाहरु पार गरेको हुन्छ । अफ्ठ्यारो विरुद्ध राम्रो प्रदर्शन गरेको हुन्छ त्यो नै सफल कोच हुन्छ ।
नेपाली क्रिकेट समर्थकलाई केही सन्देश छ ।
मलाई विश्वास गर्नुस् । र तपाईंले नतिजा पाउनुहुनेछ । मसँग कुनै ‘रकेट साइन्स’ छैन । तर मेरो समय लिन्छु । म विश्वस्त छु कि उनीहरुले राम्रो गर्छन् । यो समाचार अनलाइनखबरका लागि गोविन्दराज नेपाल र प्रसुन संग्रौलाले गरेको कुराकानीका आधारमा प्रकाशन गरिएको हो ।