Khabar Board

नेपाल टी-२० लिगमा सहभागी हुने हो त? यसरी गर्नुहोस् दर्ता र यस्ता छन् चार मापदण्ड

काठमाडौं ।

आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी-२० लिगका लागि खेलाडी दर्ताका लागि आवेदन खुलेको छ। आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगका लागि क्यानले अनलाइन दर्ता खुलाएको हो।

दर्ताका लागि चार वटा मापदन्ड तय गरिएको छ। लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। ६ मध्ये चार टिम मात्र घोषणा भएका छन्। घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स छन्। पोखरा र फार वेस्टर्नको टिम तथा स्वामित्व क्यानले अहिलेसम्म घोषणा गरेको छैन।

मापदण्ड : १. दर्ताको लागि योग्य हुन राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्छ। २. २०१८ देखि यू१९ उमेर स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्ने।

३. २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ। ४. २०१८ देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ। दर्ताको अन्तिम मिति: अगस्ट ३१, २०२२

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.