काठमाडौं ।
अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज आईतबार हुँदैछ ।बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो २:१५ मा हुनेछ ।
बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् ।कप्तान लामिछानेले पछिल्ला चार संस्करण बीबीएलमा बिताएका छन् ।
उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना प्रचुर रहेको छ । दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए ।
उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए ।बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ। बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक हुदैछ।
बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् । सन्दीप बिक्री हुने सम्भावना रहेको छ तर सुबास खकुरेलको सम्भावना भने काम रहेको छ।
आज केन्यासँग तेस्रो म्याच खेल्दै नेपाल, यस्तो छ सम्भावित–११
केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले तेस्रो म्याच आज आइतबार खेल्दैछ। नेपाल र केन्याबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। पाँच म्याचको सिरिज एक–एकको बराबरीमा रहेको छ।
पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। दोस्रो म्याचमा केन्याले १८ रनको जित हात पारेको थियो। दुवै टिम तेस्रो म्याचमा विजयी हुँदै सिरिजमा अग्रता लिने लक्ष्यमा हुनेछन्। नेपालले दोस्रो म्याच खराब ब्याटिङका कारण हारेको थियो।
केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भएको थियो। नेपाल दोस्रो खेलमा गरेका कमजोरीहरू सच्याउँदै तेस्रो म्याचमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ। घरेलु टोली केन्या भने जितको लयलाई कायमै राख्न चाहन्छ।
आज नेपालले तेस्रो खेलमा आफ्नो प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ। नेपालका लागि पवन सरार्फ तथा आसिफ शेखले नै ओपनिङ गर्ने सम्भावना छ। तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेलले मौक पाउनेछन्। पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेखले खेल्ने पक्का जस्तै छ।
सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ। नेपालले बासिर अहमदको स्थानमा विवेककुमार यादव र किशोर महतोमध्ये एकलाई खेलाउने सम्भावना छ। बासिरले डेब्यू खेलमा आफ्नो प्रभाव छाड्न सकेनन्।
उनी विकेटविहीन रहेका थिए। दुई ओभर बलिङ गरेका उनले १९ रन खर्चिएका थिए। नवौं नम्बरमा करण केसीले खेल्नेछन्। दशौँ नम्बरमा सोमपाल कामी रहँदा एघारौं स्थानमा कप्तान सन्दीप लामिछाने रहने छन्।
नेपालको सम्भावित प्लेइङ–११ : पवन सर्राफ, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, विवेककुमार यादव/किशोर महतो, बासिर अहमद, करण केसी सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान)।