काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी(ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ । केन्या र नेपाल दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो, भने शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी(ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालको सम्भावित प्लेइङ–११ :
पवन सर्राफ, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, विवेककुमार यादव/किशोर महतो, बासिर अहमद, करण केसी सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान)।


















