काठमाडौं ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिप र भियतनाममा हुने एएफसी यू-१७ एसियन कप छनोट फुटबलका लागि नेपालको टिम घोषणा भएको छ ।
यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्सीय टोलीको घोषणा गरेका हुन् । साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
नेपाली टोली –
गोलकिपरः क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी । डिफेन्डरः अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा । फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम
डेब्युमै अर्जुन साउदले गरे उत्कृस्ट ब्याटिङ, यस्तो रह्यो उनको प्रदर्शन
युवा विकेटकिपर ब्याटर अर्जुन साउँदले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू म्याचमै राम्रो ब्याटिङ गरेका छन्। केन्यासँगको तेस्रो टी–२० खेलमा उनी ओपनिङमा ब्याटिङ गर्न आए। उनले ३१ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाए। भिराज पटेले उनलाई बोल्ड आउट गरे।
टी–२० आईमा मौका पाउने साउँद ४३औं खेलाडी हुन् । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनायो। उसका लागि राकेप पटेल र इरफान करिमले अर्धशतकीय पारी खेले। पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ७३ रन बनाउँदा करिमले ४७ बलमा ४ चौका र २ छक्कासहित अविजित ५५ रनको योगदान दिए। कोलिन्स ओबुया १४ र सुखदीप सिंह ८ रनमा आउट भए।
नेपालका लागि सोमापल कामी र आदिल आलमले १–१ विकेट लिए। पाँच म्याचको सिरिज एक–एकको बराबरीमा रहेको छ। पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। दोस्रो म्याचमा केन्याले १८ रनको जित हात पारेको थियो। दुवै टिम तेस्रो म्याचमा विजयी हुँदै सिरिजमा अग्रता लिने लक्ष्यमा छन्।
मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्न पाएका हुन्। घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल अर्जुनले केन्या भ्रमणलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा हेरेका छन् ।
तर, उनले यति छिटै राष्ट्रिय टिममा पर्छ भनेर सोचेका थिएनन् । सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए । उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे ।
जहाँ नाम चलेका विश्वाका खेलाडीहरुले खेल्छन् । उनको घरमा पारिवारिक अवस्था राम्रो थिएन । क्रिकेट किट किन्दिन सक्ने वातावरण पनि थिएन । तर उनलाई मैदानमा अर्काले क्रिकेट खेलेको देख्दा क्रिकेट खेलौखेलौ लाग्थ्यो । अर्काको क्रिकेट किट मागेर क्रिकेट सिक्थे । ‘परिवारको अवस्था राम्रो थिएन । खान पनि समस्या थियो । त्यसत् अवस्थामा क्रिकेट किट मागेर मेरो क्रिकेटलाई अगाडी बढाएँ ।’
त्यसपछि छिमेकी दाइहरुको सहयोगमा अर्जुन दिगम्बर पार्दलेको प्रशिक्षणमा पुगे । ‘सरबाट नै कसरी क्रिजमा बस्नदेखि लामो समयसम्म टिकेर खेललाई कसरी अघि बढाउने भनेर सिकेँ । भारतको प्रशिक्षणको अनुभव नै मैले आजसम्म उपयोग गरी रहेको छु ।’ भारतको प्रशिक्षण र अनुभवले उनलाई राष्ट्रिय टोलीसम्म पुर्यायो ।
उनै प्रशिक्षक दिगम्बर पार्दले नै अर्जुनको लागि क्रिकेटका दौणचार्य हुन् । उनले अर्जुनजस्ता सयौंलाई क्रिकेट सिकाउँथे । १० वर्ष अघि ६ देखि ७ सय विद्यार्थीलाई क्रिकेट सिकाउँथे । ती मध्ये एक थिए अर्जुन । अर्जुनको क्रिकेट पाठशालामा दिगम्बर ‘दौर्णचार्य’ बने । त्यहि भारतीय गुरुका उत्पादन अर्जुन अहिले नेपाली क्रिकेटका आशलाग्दा खेलाडी बनेका छन् ।
‘हामी बिहान पाँच बजेबाट प्रशिक्षण गथ्यौं । हामीसँग पिच थिएन मैदानमा भएका ढुंगालाई जम्मा पारेर विकेट बनाउँथ्यौं त्यसरी नै सुरुसुरुमा क्रिकेट सिकियो ।’ अहिले पनि उनका प्रशिक्षक दिगम्बर उनको प्रशिक्षणका लागि धनगढी आएका थिए । ‘म अहिले पनि उहाँसँग नै प्रशिक्षण गरिरहेको थिएँ । मलाई क्रिकेट सिकाउन उहाँ भारतबाट नेपाल आउनु भएको थियो ।’
दिगम्बरले सिकाएको ज्ञानलाई नै अहिले अर्जुनले नेपालका लागि प्रयोग गर्दै आइरहेका छन् । उनी भारतमा पनि घरेलु प्रतियोगिताहरु खेल्थे, तर उनलाई नेपालको राष्ट्रिय टोलीबाट खेल्ने सपना थियो । ‘आफ्नो देशको जर्सी लगाएर खेल्ने सपनाले म तीन वर्ष अघि नेपाल फर्किएको हुँ ।’ अर्जुनले भने । ‘आज मसँग हातमा सिपमा छ । त्यति बेला केही थिएन । मेरो क्रिकेट यात्रा तल भन्दा माथि माथि गइ रह्यो जसका कारण मलाई आत्मसन्तुष्टि भइ रहेको छ ।’ उनको खेल करिअर अगाडी बढेको देख्दा उनको प्रशिक्षक दिगम्बर पनि निकै खुसी छन् ।
भारतबाट धनगढी प्रिमियर लिग खेल्न तीन वर्ष लनेपाल आएका अर्जुनले लगातार राम्रो गर्दै गए । डीपीएल बयोजक सुबास शाहीले उनलाई नेपाल बोलाएका थिए । राम्रो प्रदर्शन पश्चात उनको नेपालमा क्रिकेट करिअर अगाडी बढ्यो । तीन वर्ष अगाडी कसैले नचिन्ने अर्जुनले विस्तारै क्रिकेटमा आफ्नो पहचिान बनाउँदै गए ।
घरेलु प्रतियोगितामा अर्जुन विष्फोटक ब्याटिङ र राम्रो विकेटकिपरको रुपमा चिनिन्छन् । सुदूरपश्चिमका अर्जुन साउदले गत डिसेम्बरमा नेपालको यू–१९ टोलीबाट एसिया कपमा शारजाहमा श्रीलंका यू–१९ विरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रन बनाएका थिए ।
त्यसअघि, काठमाडौंमा भएको यू–१९ राष्ट्रिय प्रतियोगिताको ७ खेलमा १ शतक र १ अर्धशतकसहित २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा थिए । उनले सुदूरपश्चिमबाट मधेश प्रदेशविरुद्ध ८५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले । प्रदर्शनमात्र होईन उनको विकेटकिपर शैली पनि त्यति नै राम्रो छ ।
अझ भन्दा उनी अलराउण्डर पनि हुन् । उनी ब्याटिङ र विकेट किपिङसँगै अफस्पिन बलिङ पनि गर्छन् । पार्टपाइम बलर उनी बेला मौकामा आइपरे बलिङ पनि गर्ने गर्छन् । मधयक्रममा ब्याटिङ गर्ने अर्जुन खेलको परिस्थिती अनुसार खेल्न सिक्नुपर्ने बताउँछन् । ‘कुन खेलमा कस्तो परिस्थिती हुन्छ त्यहि अनुसार मैले खेल्न सिकिरहेको छु । भारतमा पनि गुरुले त्यहि अनुसार नै सिकाउनु भएको छ ।’
उनलाई मध्यक्रमको ब्याटिङ र विकेटकिपिङ गर्न सहज लाग्छ । त्यसमा पनि विकेटकिपङ उनको फेभरेट हो । यस अघि उनले यू–१९ एसियन कपमा पनि दुवै भूमिकामा अब्बल निस्किएका थिए । ‘टोलीलाई फरक परिस्थितीमा फरकफरक क्षमता चाहिन्छ । विकेटकिपिङ खेलको मेरुदण्ड हो । खेल बुझ्न सजिलो हुन्छ ।’ भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीबाट प्रभावित अर्जुनले भने ।
जस्तोसुकै परिस्थितीमा पनि सम्हालिएर खेल्नु र टोलीका लागि शतप्रतिशत दिन उनले यी दुई जनाबाट सिकेका छन् । ‘मेरो आइडल रोहित शर्मा हुन्, तर पछिल्लो समय विराट कोहलीले लयमा नहुँदा भोगेको आलोचना र त्यस परिस्थितीमा पनि उनको धैर्यताले मलाई ठूलो प्रेरणा दिन्छ ।’ भारत र नेपालमा लिएका प्रशिक्षणमा उनले केही कुराहरुमा फरक पाएका छन् ।