काठमाडौं ।
भारतका पुर्व कप्तान विराट कोहली पाकिस्तानविरुद्धको आजको खेलमा नयाँ किर्तिमान कायम गरेका छन्। उनले पाकिस्तानसँगको आजको खेलमा प्लेईङ-११ मा समावेश हुँदा आफ्नो १०० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
विराटले तिनै फम्र्याटको अन्तराष्ट्रिय क्रिकेटको हरेक खेलमा १ सय खेल पुरा गरेका छन्। न्युजिल्याण्डका रोस टेलरले बनाएको हरेक खेल १ सय खेलेको किर्तिमानको बराबरी गरेका छन्।
विराटले टेस्ट क्रिकेटमा १ सय २, एकदिवसीय अन्तराष्ट्रियमा २ सय ६२ तथा टीट्वान्टी अन्तराष्ट्रियमा १०० खेल खेलेका छन् । अगस्ट ८ २००८ मा भारतीय सिनियर टोलीमा डेब्यु गरेका कोहलीले तिन फम्र्याटको अन्तराष्ट्रिय क्रिकेटमा २३ हजार ७ सय २६ रन बनाएका छन् ।
यता भारतले टि२० एसिया कप २०२२ को दोस्रो खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
विकेटकिपरमा दीनेश कार्तिकलाई मैदान उतार्दा ऋषभ पन्तलाई बेन्चमा राखेको छ । तेस्रो तीव्र गतिको बलरमा आवेश खानलाई खेलाएको छ । पाकिस्तानले नसिम शाहलाई डेब्यू दिएको छ ।
समूह ए मा रहेका दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । गतवर्ष यसै मैदानमा टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सबैभन्दा बढी महत्वपूर्ण साथ हेर्ने गरिन्छ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सिरिज खेल्दैनन् ।
त्यसैले एसिया कप र विश्वकपमा मात्र यी दुई देशबीच प्रतिस्पर्धा हुने गर्दछ । गतवर्ष भारतलाई हराउन नायक बनेका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी भने चोटका कारण छैनन् । भारतका जस्प्रित बुमराह पनि चोटका कारण यस प्रतियोगितामा छैनन् ।
पाकिस्तानको प्लेइङ ११ : बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), नसिम शाह र शहनवाज दाहनी ।
भारतको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।