काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ । पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ ।
आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
घरेलु टोलीविरुद्धको तेस्रो खेलमा नेपाललाई सहज भने हुनेछैन । किनकी केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
पाकिस्तानलाई हराउँदै भारतको सुखद सुरुआत, विराट कोहलीले बनाए नयाँ किर्तिमान
साविक विजेता भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो।
पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए ।
सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुल सुन्य रनमा आउट भए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए । फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
विराट कोहलीले बनाए नयाँ किर्तिमान
भारतका पुर्व कप्तान विराट कोहली पाकिस्तानविरुद्धको आजको खेलमा नयाँ किर्तिमान कायम गरेका छन्। उनले पाकिस्तानसँगको आजको खेलमा प्लेईङ-११ मा समावेश हुँदा आफ्नो १०० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
विराटले तिनै फम्र्याटको अन्तराष्ट्रिय क्रिकेटको हरेक खेलमा १ सय खेल पुरा गरेका छन्। न्युजिल्याण्डका रोस टेलरले बनाएको हरेक खेल १ सय खेलेको किर्तिमानको बराबरी गरेका छन्।
विराटले टेस्ट क्रिकेटमा १ सय २, एकदिवसीय अन्तराष्ट्रियमा २ सय ६२ तथा टीट्वान्टी अन्तराष्ट्रियमा १०० खेल खेलेका छन् । अगस्ट ८ २००८ मा भारतीय सिनियर टोलीमा डेब्यु गरेका कोहलीले तिन फम्र्याटको अन्तराष्ट्रिय क्रिकेटमा २३ हजार ७ सय २६ रन बनाएका छन् ।