Khabar Board

भारतमा जितको खुसियाली,प्रधानमन्त्री नरेन्द्र मोदी दिए खेलाडीलाई बधाई

काठमाडौँ ।

एसिया कपमा भारतीय टोलीको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानी टोली १९.५ ओभरमा १४७ रन बनाएर आउट भएको थियो ।

जवाफमा खेल्दै भारतले २ बल बाँकी रहँदै ५ विकेटमा १४८ रन बनाएर खेल जित्यो । हार्दिक पाण्डेयले छक्का प्रहार गर्दै टीम इन्डियालाई जित दिलाए ।टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानी टोलीको सुरुवात खराब रह्यो ।

भुवनेश्वर कुमारले बाबर आजमलाई १० रनको व्यक्तिगत स्कोरमा प्याभिलियन पठाए । त्यसपछि फखर जमानलाई आवेश खानले आउट गरेका थिए । उनी पनि १० रन बनाएर आउट भए ।

यहाँबाट मोहम्मद रिजवान र इफ्तिखार अहमदले मिलेर स्कोरलाई अगाडि बढाए र साझेदारी बनाए । पाण्ड्याले इफ्तिखारलाई आउट गर्दै साझेदारीको अन्त्य गरे । उनी २८ रन बनाएर आउट भए ।

रिजवानले एक छेउबाट राम्रो ब्याटिङ गरे पनि अन्ततः ४३ रन बनाएर आउट भए । यहाँबाट पाकिस्तानका ब्याट्सम्यान लगातार आउट भए । अन्तिम ब्याट्सम्यान शाहनवाज दहनीले १६ रन बनाए ।

यसरी पाकिस्तानको टोली १९.५ ओभरमा १४७ रन बनाएर आउट भयो । भुवनेश्वरले ४ र हार्दिक पाण्ड्याले ३ विकेट लिए । अर्शदीप सिंहले पनि २ विकेट लिए । जवाफमा भारतको पनि सुरुवात खराब रह्यो । केएल राहुल गोल्डेन डकमा आउट भए ।

यसपछि रोहित शर्मा र विराट कोहलीले स्कोरलाई ५० रनमा पुर्याए । यस क्रममा रोहित शर्मा पनि १२ रन बनाएर प्याभिलीयन फर्किए । विराट कोहली राम्रो खेल्दै गर्दा खराब शटका कारण ३५ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

सूर्यकुमार यादवले पनि १८ रन बनाएर आउट भए। टोलीका लागि रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले उत्कृष्ट प्रदर्शन गरे । दुवैले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।

अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो, जडेजा ३५ रन बनाएर आउट भए । पाण्ड्याले क्रिजमा तुफानी खेल खेल्ने क्रम जारी राखे । उनले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गर्दै भारतीय टोलीलाई जित दिलाए । पाण्ड्याले १७ बलमा अविजित ३३ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले टिमलाई बधाई दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जितपछि केही मिनेटमा ट्वीट गर्दै भने, ‘आज एसिया कप २०२२ को खेलमा टीम इन्डियाले शानदार प्रदर्शन गर्‍यो। टोलीले उत्कृष्ट प्रतिभा र मिजास देखाएको छ। जितको लागि उहाँलाई बधाई छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.