पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तीन वर्षपछि हासिल गरे यो ठूलो उपलब्धि

Image

काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तीन वर्षपछि प्लेयर अफ द म्याच चुनिएका छन् । नेपालले तेस्रो टि२० आई खेलमा केन्यामाथि ४ विकेटको कीर्तिमानी जित निकाल्न मल्लले सर्वाधिक ४६ रनको योगदान दिएका थिए ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

ज्ञानेन्द्र लुकास ओबुयाको बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भएपछि अर्धशतक बनाउन चार रनले चुकेका थिए । ज्ञानेन्द्र नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

ज्ञानेन्द्र सन् २०१९ डिसेम्बर ५ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) टियु मैदानमा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङपछि पहिलो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । टि२० आईमा समग्रमा उनको तेस्रो प्लेयर अफ द म्याच समेत हो ।

ज्ञानेन्द्रले हालसम्म ४२ टि२० आई खेल खेलेका छन् । २०१९ मै ज्ञानेन्द्रले मलेसियाविरुद्ध २१ बलमा ५१ रन बनाउँदै पहिलो पटक टि२० आईमा प्लेयर अफ द म्याच चुनिएका थिए । भुटानविरुद्धको शतकपछि भने प्लेयर अफ द म्याच चुनिएका थिएनन् । ओडिआई क्रिकेट हालसम्म १९ खेल खेल्दै ४ अर्धशतक हानेपनि प्लेयर अफ द म्याच जित्न सकेका छैनन् ।

केन्याविरुद्ध नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो । उक्त खेलमा पारसले नेपालको लागि पहिलो टि२० आई शतक समेत हानेका थिए ।  रोहित पौडेल १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले हिजो जित निकालेको थियो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । यो नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो । उक्त खेलमा कप्तान पारसले नेपालको लागि पहिलो टि२० आई शतक समेत हानेका थिए ।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।

कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी आज सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।