काठमाडौं।
घरेलु टोली केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।
पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।यो नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।
यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो । उक्त खेलमा पारसले नेपालको लागि पहिलो टि२० आई शतक समेत हानेका थिए ।
केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।
यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।
केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।
कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।घरेलु टोलीविरुद्धको तेस्रो खेलमा नेपाललाई सहज भने हुनेछैन । किनकी केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ ।नेपालले तेस्रो खेलको प्लेईङ-११ लाई निरन्तरता दिने दिएको छ ।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।