काठमाडौं।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार ब्याटिङतर्फको नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेलको ब्याटिङतर्फको वरीयता सुधार भएको छ।
आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा कुशल ४८ औं स्थानमा उक्लिएका छन्। उनी यसअघि ४९औं स्थानमा रहेका थिए।
अलराउण्डरतर्फ दीपेन्द्रसिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन्। ब्याटिङतर्फ दीपेन्द्र ५३औं स्थानमा यथावत् रहेका छन्। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ५६औं स्थानमा यथावत् रहेका छन्।
नेपालको वरीयता फेरि घट्यो, यस्तो छ हालको स्थान
आईसीसीले बुधबार नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता घटेको छ। नेपालको वरीयता एक स्थान झरेको छ। नेपाल १६औं स्थानमा झरेको हो। यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो।
नेपाललाई पछि पार्दै स्कटल्याण्ड १५औं स्थानमा उक्लिएको छ। वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सीधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ।
सन् २०२४ को टी–२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्। नेपाल भन्दापछि ओमान १७औं, नेदरल्याण्ड्स १८औं, पपुवा न्युगिनी १९औं र हङकङ २०औं स्थानमा छन्।
नयाँ वरीयतामा पनि भारत शीर्ष स्थानमा यथावत् नै रहेको छ । इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजिल्याण्ड पाँचौं नम्बरमा रहेका छन्।
यसैगरी अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं र यूएई १३औं स्थानमा छन्। एकदिवसीय वरियतातर्फ नेपाल १९औँ स्थानमा कायमै रहेको छ।
सिरिज गुमाएका कुशल कसरी गर्न सक्छन् टिममा पुनरागमन ?
नेपाली क्रिकेट टिम केन्या भ्रमणमा रहेको छ। नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो। नेपालले सिरिज ३–२ ले जित्न सफल पनि भयो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज जितेको हो।
पाँचैवटै म्याच जित्ने लक्ष्यसहित केन्या गएको नेपाली टिमलाई घरेलु टोलीको कडा टक्कर दियो। नेपाल सिरिजको पहिलो खेलमा पाँच विकेटले विजयी भयो। नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो।
तेस्रो खेल ४ विकेटले जिते पनि नेपाल चौथो खेलमा ७ रनले पराजित हुन पुग्यो। अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ।
एकदिवसीय सिरिज खेल्नुअघि नेपाली क्रिकेट टिमका नियमित कप्तान सन्दीप लामिछानले कप्तानी छाडेका छन्। टी–२० सिरिज सकिएपछि सन्दीप कप्तानी छाडेर क्वारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज गएका छन्।
रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमका उपकप्तान हुन्। त्यसैले सन्दीपको ठाउँमा उनले एकदिवसीय सिरिजमा कप्तानी गर्नेछन्। सन्दीप सीपीएल खेल्न वेष्ट इण्डिज गएपछि रोहितले कप्तानी पाएका हुन्।
यस्तै सन्दिपले छाडेर क्वारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज जाने भएपछि केन्यासँगको सिरिज खेल्न कुशल भुर्तेल टिममा पुनरागमन गर्ने सक्ने भएका छन् । साथै कुशलको ब्याटिङतर्फको वरीयता सुधार भएकाले पनि केन्यासँगको सिरिजमा पुनरागमन गर्ने सक्ने माैका धेरै रहेको छ । सीपीएल ३१ अगष्टदेखि सुरु हुँदैछ। सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन्।
सन्दीपले २०१८ देखि वेष्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन्। गत संस्करण उनी ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका थिए। तर, सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनले सहभागीता जनाउन पाएनन्।
सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन्। २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए। दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो। अब नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सिरिज पर्सीदेखि सुरु हुनेछ।