Khabar Board

सन्दीप आबद्द जमैका सेन्ट किट्ससँग खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११

काठमाडौं ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले भोलि बिहीबार बिहान पहिलो खेल खेल्दैछ ।

सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ मा रहेको छ । यस खेल प्रतियोगिताको उद्घाटन खेल हो ।जमैकाले उद्घाटन खेलमा घरेलु टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससँग खेल्नेछ ।

तालाबाज र प्याट्रियोट्सबिचको पछिल्लो पाँच खेलमा दुवै टोली २/२ पटक विजयी भएका छन् । एक खेल भने नतिजा बिना नै टुङ्गिएको छ ।कप्तान सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्ट ईण्डिज प्रस्थान गरिसकेका छन् ।

बुधबार मात्र नेपालले केन्याविरुद्ध ५ खेलको टी-ट्वान्टी सिरिज जितेको थियो । उक्त सिरिजमा लामिछाने प्लेयर अफ द सिरिज भएका थिए ।वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहेने छ ।

१० औं संस्करणको सीपीएलको फाईनल भने सेप्टेम्बर ३० मा रहेको छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।

जमैकाको सम्भावित प्लेइङ–११ : रोभम्यान पावेल (कप्तान), केन्नर लुईस, ब्रेण्डन किंग, शामराह ब्रुक्स, फाबियन आलेन, इमाद वसिम, रेमन रिफर, क्रिस ग्रीन, मोहम्मद आमिर, सन्दीप लामिछाने र जेमी मर्चेन्ट ।

यी चार स्टार बलरको रेकर्ड तोड्दै सन्दीपले बनाए विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन् । केन्या भ्रमणमा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका हुन् ।

सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडन राखेका छन् भने एक हजार ६८ रन खर्चेका छन् । उनको इकोनोमी ६.४० र औषत १२.५६ रहेको छ । सन्दीपले एक पटक एकै खेलमा ५ विकेट र दुई पटक एकै खेलमा ४ विकेट लिएका छन् ।

केन्या विरुद्धको चौथो खेलमा सन्दीपले टी-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन (५/९) गरेका थिए । उनले केन्यामा पाँच मध्ये खेलमा विकेट लिँदा एक खेलमा विकेटविहीन बने । सन्दीप केन्यामा सम्पन्न टी-२० शृंखलाको म्यान अफ दि सिरिज समेत बने ।

पाकिस्तानका दुई पूर्व बलर उमर गुल र साइद अजमलले पनि ८५ विकेट नै लिएका छन् । तर उनीहरु सन्दीप भन्दा पछि छन् । टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान शकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा चार खेलाडीले एक सय भन्दा बढी विकेट लिएका छन् ।

शकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राती अफगानिस्तान विरुद्ध खेल्दै एक सय खेल समेत पूरा गरे । उनले १२२ विकेट लिइसकेका छन् । बंगलादेश विरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन् ।

न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन् । न्युजल्याण्डका इश सोधीले ९९, पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन् ।

सन्दीप भन्दा अघि रहेका मालिंगा र अफ्रिदीले सन्यास लिइसकेका छन् । अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी२० मा १०० विकेट लिएका छन् । उनले ५३ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए भने यसका लागि ६ वर्ष लागेको थियो । सन्दीपले अब ८ खेलमा १५ विकेट लिएमा टी २० अन्तर्राष्ट्रियमा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.