काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको प्रशिक्षण विराटनगरमा हुने जनाएको छ ।
नेपाली टोलीले सेप्टेम्बर ५ देखि २३ गतेसम विराटनगरमा तयारी गर्ने छन् । एन्फाले नेपाली टोली बस्नका लागि विराटनगरमा होटल आवश्यकताको सूचना समेत निकालेको छ ।
हाल नेपाली टोलीले काठमाडौंमै तयारी गरिरहेको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईको नेतृत्वमा ३० खेलाडी प्रशिक्षणमा छन् ।
बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले तयारी गरिरहेको हो । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।