Khabar Board
Flash logo up side
flash header

विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा, यी खेलाडीले पाए मौका

Nirbachan m

काठमाडौं ।

साविक विजेता अष्ट्रेलियाले घरेलु भूमिमा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

अष्ट्रेलियाले घोषणा गरेको टोलीमा ब्याट्सम्यान टिम डेभिडले पहिलो पटक स्थान बनाएका छन् । डेभिडले सिंगापुरबाट समेत अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए । टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

Center article

अष्ट्रेलियाले अघिल्लो संस्करणमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । अष्ट्रेलियाले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।

टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली : डेभिड वार्नर, आरोन फिन्च (कप्तान), एस्टन आगर, प्याट कमिन्स (उपकप्तान), टिम डेभिड, जोस हेजलवुड, जोस इंग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड र एडम जाम्पा।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.