एसिया कपमा भारतीय टोलीलाई ठूलो झटका, टिमबाट बाहिरिए यी खेलाडी

Image

काठमाडौँ ।

एसिया कपमा भारतीय टोलीलाई ठूलो धक्का लागेको छ । घाइते रविन्द्र जडेजाको स्थानमा अक्षर पटेललाई टोलीमा समावेश गरिएको छ । जडेजा अहिले प्रतियोगिताबाट बाहिर भएका छन् ।

उनले समूह चरणका दुई खेल खेलेका थिए । पाकिस्तानविरुद्धको खेलमा पनि जडेजाले उत्कृष्ट ब्याटिङ गरेका थिए । बीसीसीआईले आफ्नो वेबसाइटमा अखिल भारतीय वरिष्ठ चयन समितिले जारी एशिया कपमा रविन्द्र जडेजाको स्थानमा अक्षर पटेललाई समावेश गरेको जानकारी दिएको छ।

रविन्द्र जडेजाको दाहिने घुँडामा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका छन् । उनी हाल बीसीसीआईको मेडिकल टिमको निगरानीमा छन् । पहिले नै स्ट्यान्डबाइमा रहेका अक्षर पटेललाई उनको स्थानमा राखिएको छ । उनी छिट्टै दुबईमा टोलीमा आउनेछन् ।

एसिया कपको दोस्रो खेलमा हङकङ भारतसँग ४० रनले पराजित भएको थियो। यस खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको जवाफी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।

सूर्यकुमार र कोहलीले ७ ओभरमा ९८ रनको अविजित साझेदारी गरे । टोलीले अन्तिम ५ ओभरमा ७८ रन बनाएको थियो । कप्तान रोहित शर्माले २१ र केएल राहुलले ३६ रन बनाए ।

एसिया कपका लागि भारतीय टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकीप), दिनेश कार्तिक (विकेटकीप), हार्दिक पाण्डेय, अक्षर पटेल, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान।