Khabar Board

केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाडौं।

नेपालले घरेलु टोली केन्यासँगको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ। तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा केन्यलाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो। यससँगै नेपालले इतिहास रचेको छ।

पहिलोपटक केन्यामा एकदिवसीय सिरिज गर्दै इतिहास रचेको हो। तेस्रो खेलमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा अर्जुन साउँद, आसिफ शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले।

अर्जुनले ९० बलमा ३ चौका र २ छक्काको मद्दतमा ५८ रनको पारी खेले। आसिफले ४३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ५६ रन जोडे। बसिरले नटआउट ५२ रन बनाए।

यस्तै, कप्तान रोहितकुमार पौडेलले नटआउट ४६, ज्ञानेन्द्र मल्लले ३३ र देव खनालले १ रनको योगदान दिए। केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए । त्यसअघि जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो।

जारी एकदिवसीय सिरिजमा केन्याले नेपाललाई दिएको यो नै सबैभन्दा ठूलो लक्ष्य हो। पहिलो एकदिवसीय खेलमा केन्याले नेपालाई २ सय १९ रनको लक्ष्य दिएको थियो। उसका लागि कोलिन्स ओबुयाले शानदार ब्याटिङ गरे।

उनले १ सउ ११ बलमा ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको योगदान दिए। यस्तै, लुकास ओलुओचले आक्रामक ब्याटिङ गर्दै नटआउट ५९ रन जोडे। २६ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका हिर्काए।

सुकदीप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १ मेडनसहित ३६ रन दिँदै २ विकेट लिए।

यस्तै, आदिल आलमले २, बसिर अहमद र शाहब आलमले १–१ विकेट लिए। २ विकेट रनआउटको रूपमा प्राप्त भयो। सिरिजअन्तर्गत पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.