Khabar Board
Flash logo up side
Nirbachan aayog

आज पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल, यस्तो छ खेल सुरु हुने समय

Nirbachan m

काठमाडौं ।

घरेलु टोली नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज सोमबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।

Panacea Education

नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।

नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.